कार्तिक २७,
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (LIMS) द्वारा आयोजना गर्न लागेको फुटसल प्रतियोगिता” सम्बन्धी प्रेस मिट तथा टाईसिट कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।उक्त कार्यक्रम आगामी कार्तिक २९ गते हुने फूटसल प्रतियोगिता तयारीसँग सम्बन्धित गतिविधि र योजनाको अवलोकनका लागि गरिएको हो। कार्यक्रममा सोसाइटीका पदाधिकारी, सदस्य तथा विभिन्न टिमका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै कार्यक्रम सम्योजक सुबास ज्ञवालिले प्रतियोगिताको उद्देश्य खेलकुद र सृजनात्मक प्रतिस्पर्धामार्फत सहभागिता र एकताको सन्देश प्रवाह गर्नु रहेको बताएका थिए। साथै उनले तीन प्रतिस्पर्धात्मक टाईसिट (Tie Sheet) सार्वजनिक गर्दै सबै सहभागीसँग निष्पक्ष र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न आग्रह गरे।कार्यक्रममा विभिन्न टिमका प्रतिनिधिहरूले प्रतियोगिताको तयारी, सम्भावित चुनौती र अवसरका विषयमा समेत छलफल गरेका थिए।
