बुटवल ,
रोटरी क्लब अफ बुटवल डाउनटाउन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानमा वर्ष २०२४/२५ को ‘आउट स्ट्याडिङ क्लब अफ द ईयर’ घोषित भएको छ । डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तरगत रहेका १६० क्लबहरुमध्ये वर्षकै उत्कृष्ट क्लबको रुपमा घोषित हुदै सम्मानित भएको हो ।
रिजन ५ मा नै क्लबहरुमध्येबाट डाउनटाउनका अध्यक्ष बेष्ट प्रेसिडेन्ट, क्लब एडमिनिष्ट्रेसन, क्लब बुलेटिन, फोर वे टेष्ट डिष्टिब्युसन, शान्ति र द्धन्द्ध तथा मेम्बरसिप रिटेन्सनमा विजेता बन्न सफल भएको थियो । यसैगरि सर्भिस प्रोजेक्ट एजुकेसन सेक्टर र मेम्बर ग्रोथमा उपविजेता बन्दै क्लब यो वर्ष १० विद्यामा उत्कृष्ट बन्दै ईतिहास रच्न सफल भएको वर्ष २०२४/२५ का अध्यक्ष शिव ज्ञवालीले बताए

