अस्ट्रेलिया,
डब्बो नेपाली समुदाय अस्ट्रेलियाले आयोजना गरेको डब्बो तिज मेला २०२५ उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ। करिब ४०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा अतिथिहरू, स्थानीय प्रायोजक, कलाकार तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले मेलालाई थप आकर्षक र सफल बनाएको थियो।विशेष अतिथिहरूमध्ये सांसद डगाल्ड सन्डर्स, मेयर जोश ब्ल्याक, परिषद्का सदस्य शिब्ली चौधरी र पामेला वेल्स, ओरीसकन अध्यक्ष गर्गी गाङ्गुली, लर्ना ब्रेनन, अग्रज व्यक्तित्वहरू रमेश शर्मा, अच्युत लुइटेल र दीपेन्द्र सापकोटा लगायतको उपस्थिति उल्लेखनीय रह्यो।
कार्यक्रमका मुख्य प्रायोजक बि.जे. पॉल – रेइन एण्ड हर्न लेपिङ्टन अस्ट्रेल, प्लाटिनम प्रायोजक प्लाटिपस कन्भेन्सिङ, रजत प्रायोजक माया कन्भेन्सिङ तथा तिलिचो कन्सल्टिङ समूह रहेका थिए। स्थानीय संस्था तथा ब्यबसायिहरूको सहयोगले मेला भव्य रूपमा सम्पन्न भयो।यसैगरी, ओरिस्कन डब्बो, डब्बो क्षेत्रीय परिषद्, अस्ट्रेलियाली सरकार, किनमेल हाउस, नेपाली फूड मण्डला, क्लिन डिल, अस्ट्रेलिया पोस्ट डब्बो ग्रोभ लगायतका संस्थाहरूले पनि मेलामा महत्वपूर्ण सहयोग गरेका थिए। नेपाली फूड मण्डलाले खानाको व्यवस्थापन गरेको थियो भने, इमस्न्यापहोलिक र एसबीएस नेपाली ले प्रचार–प्रसारमा सक्रिय साथ दिएका थिए।
कार्यक्रमको सञ्चालन दिया ओझा भट्टराई, शर्मिला महर्जन र बिकास दवाडीले गर्नुभएको थियो।समुदायका अध्यक्ष राजीव भट्टराईले सम्पूर्ण सहभागी, अतिथि, प्रायोजक तथा सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा हुने कार्यक्रमहरूलाई अझ भव्य र यादगार बनाउन प्रतिबद्धता जनाउनुका साथै यस्तै साथ र सहयोगको निरन्तर अपेक्षा गर्नुभएको छ।
