बुटवल,
रोट्रयाक्टर्स भजन साँझ–२०८२ को श्रृंखला सम्पन्न भएका छन् । युवापुस्तामा धर्म र संस्कृतिको आस्था बढाउने उद्देश्यले आयोजना गरिएको रोट्रयाक्टर्स भजन साँझ–२०८२ को श्रृंखला सम्पन्न भएका हुन ।साउन महिनाको पहिलो सोमबार कालिकानगरस्थित शिवालय मन्दिरमा र त्यसपछिका दोस्रो, तेस्रो र चौथो भजन साँझहरू देवस्थल मन्दिर, योगीकुटी, बुटवलमा सम्पन्न भएका छन । रोट्रयाक्ट क्लब अफबुटवल डाउनटाउन , तिलोत्तमा रुपन्देही, लुम्बिनी स्टार्स, बुटवल साउथ, क्षितिज इन्टरनेशनल कलेज, तिनाउ बुटवल, बुटवल चौतारी र तिनाउ सिटीको संयुक्त आयोजनमा गरिएको यो धार्मिक पहलले युवाहरूमा धर्म र संस्कृतिप्रतिको चेतना अभिवृद्धि गरेको छ ।
साउन को पहिलो सोमबार देखि सुरु भएको ‘रोट्रयाक्टर्स भजन साँझ–२०८२’ को समापन कार्यक्रम योगिकुटी स्थित देवस्थल मन्दिरमा गरिएको थियो । प्रत्येक सोमबार आयोजना हुँदै आएको यस कार्यक्रममा ५० भन्दा बढी रोट्रयाक्टर्सहरु र ३० भन्दा बढी स्थानीय भक्तजन तथा अतिथिहरू सहभागी भएका थिए । कार्यक्रममा सामूहिक भजन गायन, मन्दिरमा पूजाआजा र आशीर्वाद ग्रहण गरी धार्मिक वातावरणको सिर्जना गरिएको थियो । कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर दिनेश गैरे, एडिआरआर लक्ष्मण श्रेष्ठ डिस्ट्रिक्ट ट्रेजरर अनुप पाण्डे, डिआरसी रेशम खड्का, एडिएस प्रकाश खनाल, राजुप्रसाद भुर्तेल, डिल्लीराज ढकाल , युकेश मान ज्ञवाली, लक्ष्मण कुर्मी लगायतका डिस्ट्रिक्ट अफिसियलसँगै जोन १८ का जेडआरआर डाक्टर आविष्कार पराजुली जोन १९ का जेडआरआर सरोज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस किसिमका कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए ।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनालले साउन महिनाभरि शिवालय मन्दिर कालिकानगरदेखि देवस्थल मन्दिर योगीकुटीमा भजन साँझ आयोजना गरिएपछि युवापुस्तामा यसले गहिरो प्रभाव पारेको बताए । उनले यस्ता आध्यात्मिक कार्यक्रमहरूले युवाहरूलाई धर्म र संस्कृतिसँग जोड्न मात्र नभई समुदायमा एकता र सहकार्य बढाउन पनि मद्दत मिल्ने बताए भने रोट्रयाक्ट क्लब लुम्बिनी स्टार्सका अध्यक्ष गौरव पाण्डेले यस भजन साँझले हिन्दू धर्मका मूल्य र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धनमा भूमिका खेलेको र युवाहरूमा धर्मप्रतिको रुचि र सहभागिता समेत थपिएको बताउदै आगामी दिनहरूमा पनि यस किसिमका समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू नियमित आयोजना गर्दै जाने बताए । रोट्रयाक्टर्स भजन साँझ समापनको अवसरमा देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्मा, बरिष्ठ उपाध्यक्ष कमल नेपाल,ज्योतिष कुस्माखर न्यौपानेको उपस्थिती समेत रहेको थियो । सो अवसरमा बोल्दै अध्यक्ष शर्माले युवापुस्तामा धर्म र संस्कृतिको जर्गेना र यसको संरक्षणमा चासो जाग्नु निकै नै राम्रो कार्य भएको बताउँदै सम्पूर्ण आयोजक रोट्रयाक्ट क्लबका अध्यक्ष ,पदाधिकारी एवं सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिनुभयो ।
