रुपन्देहीमा ‘स्वस्थ मुख महाअभियान’ सुरु, मुख स्वास्थ्य चेतनामा जोड

  1. मुख स्वास्थ्यप्रति जनचेतना वृद्धि गर्ने उद्देश्यले रुपन्देहीको बुटवलमा “स्वस्थ मुख महासभियान” सुरु भएको छ। पुर्वाधार अभाव, ग्रामीण क्षेत्रमा सेवा नपुगेको अवस्था र जनस्तरमा चेतनाको कमीका कारण दन्त तथा मुख रोगको समस्या बढिरहेको अवस्थामा यस अभियानलाई महत्वपूर्ण पहलको रूपमा लिइएको छ।

“सेवाको अभावमा कसैले दुःख सहन नपरोस्, पैसाको अभावमा कोही मुस्कुराउन नबिसिओस्।”भन्ने मुल उदेश्यका साथ सम्पूर्ण शारीरिक स्वास्थ्यका लागि मुख स्वास्थ्यको महत्वबारे जनचेतना अभिवृद्धि गरीसस्तो, गुणस्तरीय दन्त उपचार सेवा सबैलाई उपलब्ध गराउने भनिएको छ।विद्यालय पाठ्यक्रममा मुख स्वास्थ्य शिक्षा समावेश गर्ने,दन्त समस्याबाट पीडितलाई निःशुल्क उपचारको व्यवस्था गर्ने,स्थानीय तहमा मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीति निर्माणको पहल गर्ने यसको खास उदेश्य रहेको छ।

मुख्य समस्या र चुनौतीहरू

ग्रामीण तथा पिछडिएको क्षेत्रमा सेवा पुर्याउने संरचनाको अभाव।

नीति निर्माण तहमा प्राथमिकता नपाएको अवस्था।

जनस्तरमा दन्त स्वास्थ्यबारे चेतना अभाव।

नियमित परीक्षण नगरी आपत्कालीन अवस्थामा मात्र उपचार गर्ने प्रवृत्ति।

समाधानका उपायहरू
अभियानअन्तर्गत विद्यालय, कार्यालय तथा गाउँ–बस्तीमा नियमित निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
रेडियो, टेलिभिजन, फेसबुक, टिकटकलगायत माध्यमबाट प्रचार–प्रसार गरिनेछ।
गाउँपालिका तथा नगरपालिका सहकार्यमा कार्यक्रम सञ्चालन र दुर्गम क्षेत्रमा मोबाइल डेन्टल युनिटमार्फत सेवा पुर्याइनेछ।

कार्यक्रमको विवरण

उद्घाटन: २०८२ भदौ ४ गते, पुष्पलाल पार्क, बुटवल-६

सहभागी: स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, युवा, सामाजिक संस्था तथा संघ–संस्थाका प्रतिनिधि।

गतिविधिहरू: जनचेतनामूलक ¥याली, मिडिया सन्देश, रेडियो कार्यक्रम, विद्यालयमा मुख स्वास्थ्य शिक्षा, ५०,००० जनाको निःशुल्क मुख परीक्षणको लक्ष्य।

अपेक्षित उपलब्धिहरू

जनस्तरमा मुख स्वास्थ्यबारे चेतना वृद्धि।

नियमित दन्त परीक्षण गर्ने बानीको विकास।

स्थानीय तहमा मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्ने सम्भावना बढ्ने।

“दन्त अधिकार” लाई अधिकारको रूपमा स्थापना गर्ने आधार तयार।

यो अभियानको नेतृत्व आधुनिक समाज डेन्टल, बुटवल ले गर्दैछ, जसले गत वर्ष मात्रै १ लाखभन्दा बढी विद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा र ५० भन्दा बढी जिल्लामा निःशुल्क शिविर सञ्चालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै