भारतमा कुकुरको आक्रमणबाट घाइते भएका प्युठानका खड्क बहादुर थापाको लुम्बिनीमा उपचार जारी

प्युठान जिल्ला झिमरुक गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बहादुर थापा भारतको चण्डीगढ़मा कार्यरत कार्यालयको ढोका खोल्ने क्रममा दुई कुकुरको आक्रमणमा परेर गम्भीर घाइते भएका छन्।

घटना विहान करिब ७ बजेतिर भएको बताइएको छ। अफिसको ढोका खोल्ने क्रममा एक्कासी जर्मन सेफर्ड र पिटबुल जातका दुई कुकुरले थापामाथि आक्रमण गरेका थिए। प्रारम्भिक उपचार पछि उनलाई नेपाल ल्याएर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको सर्जिकल वार्डमा भर्ना गरिएको हो।

थापाको उपचारमा संलग्न चिकित्सकका अनुसार हाल उनको अवस्था खतरामुक्त भए पनि केही समय अझै अस्पतालमै रहनुपर्नेछ। थप प्लास्टिक सर्जरी आवश्यक पर्ने हुँदा उपचार निरन्तर जारी राखिएको जानकारी प्राप्त भएको छ।

उनकी श्रीमती गीता एम.सी. थापाले पतिको अनुहार र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र छालामा गहिरो क्षति भएकाले प्लास्टिक सर्जरी अनिवार्य रहेको बताइन्।

यो घटना पशुप्रेमको नाममा खतरनाक कुकुर पाल्दा जनसुरक्षामा गम्भीर चुनौती उत्पन्न हुने कुरा पुष्टि गर्ने प्रकारको भएको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै