पछिल्लो पाँच वर्षयता नाटक मञ्चनमार्फत सामाजिक र सांस्कृतिक चेतना फैलाउँदै आएको लुम्बिनी रङ्गमञ्चले जिल्लामै पहिलोपटक थिएटर फेस्टिभलको अनुभूति दिलाउने गरी विशेष कार्यक्रमको तयारी थालेको छ। साउन २५ र २६ गते BICC हल, बुटवलमा मञ्चन हुन गइरहेको नाटक ‘एक चिहान’ त्यसै अभियानको कडी हो।
कक्षा १२ को नेपाली पाठ्यक्रममा समावेश उपन्यास ‘एक चिहान’ आधारित यस नाटकको निर्देशन तथा परिकल्पना लुम्बिनी रङ्गमञ्चका अध्यक्ष अश्विन के.सी.ले गरेका छन्। उनले बुटवलमा थिएटरको सम्भावना विस्तार गर्दै मोफसलमै नाट्यघर निर्माण गर्ने परिकल्पना समेत अघि सारेका छन्।
उक्त नाटकमा बुटवलका कलाकारहरूसँगै काठमाण्डौंबाट समेत सहभागी कलाकारहरू जोडिएका छन्। जम्मा २० जना कलाकारको सशक्त अभिनयले सजिने नाटकले दर्शकहरूलाई सामाजिक यथार्थ, पीडा र प्रतिविम्बित संवेदनालाई महसुस गराउने अपेक्षा गरिएको छ।
यसै अवसरमा ‘Art and Craft Expo 2082’ पनि संयुक्त रूपमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। कलाको बहुआयामिक प्रस्तुति र रंगमञ्चीय सशक्त अभिव्यक्तिका माध्यमबाट बुटवलमा रंगकला, नाटक र सिर्जनशीलताको उत्सव ल्याउने प्रयास रहेको आयोजक संस्थाले जनाएको छ।
🎫 कार्यक्रम विवरणः
📅 मिति : साउन २५ र २६ गते
📍 स्थान : BICC हॉल, बुटवल
🎭 प्रस्तुति : नाटक ‘एक चिहान’
🎨 साथमा : Art and Craft Expo 2082
🧑🎨 कलाकार : २० जना, केही काठमाडौंबाट पनि
कलाको मञ्च, चेतनाको स्वर — ‘एक चिहान’ हेर्न नछुटाउनुहोस्।
