क्रिकेटर सोमपाल कामीलाई रोटर्याक्ट वर्ष खेलाडीको सम्मान

श्रावण १७, बुटवल
यस वर्षको रोटर्याक्ट वर्ष खेलाडी को सम्मान नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई प्रदान गरिएको छ। रोटर्याक्ट क्लब अफ तिनाउ सिटीले आफ्नो दशौं पदस्थापन समारोहको अवसरमा सोमपाललाई रु. १,००,००० नगद र सम्मानपत्र सहित सम्मानित गरेको हो।क्लबले खेलकुद क्षेत्रमा योगदान पुर्याउने  खेलाडी तथा खेल व्यक्तित्वहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। यसअघि पनि क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचन, कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल, तथा करन केसीलाई समेत सम्मान गरिसकेको छ।

कार्यक्रमका संयोजक तथा क्लबका पूर्व अध्यक्ष अनुप पाण्डेका अनुसार, यस्ता सम्मानले खेलकुद क्षेत्रमा योगदान दिनेलाई प्रेरणा तथा हौसला प्रदान गर्ने उद्देश्यका साथ ७ बर्ष अगाडी देखि निरन्तर रुपमा यो कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी दिनुभयो।सम्मान ग्रहणपछि सोमपाल कामीले यस्ता सम्मानहरूले खेलाडीलाई अझ मेहनत गर्न प्रेरित गर्छ। यसले खेल क्षेत्रको दिगो विकासका लागि सबै पक्ष जिम्मेवार छन् भन्ने सन्देश पनि दिएको धारण राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै