श्रावण १७, बुटवल
रोटर्याक्ट क्लब अफ तिनाउ सिटीको दशौं पदस्थापन समारोह बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा नव–निर्वाचित अध्यक्ष विमल ज्ञवाली तथा उनको कार्यसमितिलाई पदस्थापन गरिएको हो।कार्यक्रममा २०२४–२५ वर्षका अध्यक्ष राजु प्रसाद भुर्तेलले आफ्नो कार्यकालभरिका उपलब्धिहरूको समीक्षा गर्दै, सफल कार्यकालका लागि साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद तथा सम्मान व्यक्त गर्नुभयो।नयाँ कार्यकालका अध्यक्ष विमल ज्ञवालीले आफ्नो कार्ययोजना र कार्यसमिति प्रस्तुत गर्दै क्लबलाई अझ सक्रिय र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।रोटर्याक्ट क्लब तिनाउ सिटीले १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई समाजसेवामा संलग्न गराउँदै आएको छ। सोही अवसरमा क्लबले “वर्ष खेलाडी २०२५” को सम्मान प्रदान गर्दै राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई रु. १,००,००० नगद र सम्मानपत्रसहित सम्मानित गरियो ।
कार्यक्रमका प्रमुख अतिथि रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डीआरआर दिनेश गैरे हुनुहुन्थ्यो। कार्यक्रममा रोटरी क्लब अफ बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्य, रोटरी बुटवल साउथको अध्यक्ष विष्णुमाया चिदी, ई. दुजेन्द्र कुमार बस्नेत, डा. आविष्कार पराजुली, ईपाल भण्डारी, तथा तिनाउ सिटीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन आयुष सुवेदी र बिन्दु कण्डेलले गर्नुभएको थियो।
