लीलामणि पोखरेल
अर्घाखाँची
परियार सेवा समाज जिल्ला कार्यसमिति अर्घाखाँची द्वारा आयाेजित पालिका स्तरीय प्रथम भेला मालारानी गाउपालिकाकाे सभाहल खनदह गुफामा परियार सेवा समाजकाे जिल्ला अध्यक्ष रमेश परियारकाे अध्यक्षतामा, केन्द्रीय सल्लाहकार राम बहादुर दर्जिकाे प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य बिष्णु परियार र जङ्ग बहादुर परियारको बिशिस्ट आथित्यमा र परियार सेवा समाज जिल्ला कार्यसमितिकाे सचिव रन्जित परियारको सञ्चालनमा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला कार्यसमिति सहसचिव बिजय परियार र सदस्य कमल परियारको उपस्थितिका साथै परियार मित्रता समाज कतारका सल्लाहकार अनिल परियार र सुनाैलाे न्युज डटकमका प्रबन्धक लिलामणि पाेख्रेलका पनि विशेष उपस्थिति रहेको थियो ।
जसमा आजको भेलाले मालारानी गाउपालिकाकाे सभाहल खनदह गुफामा पालिका स्तरीय प्रथम भेलाबाट टानबहादुर परियार(सुरज)को अध्यक्षता र वुद्दओम परियारकाे सचिवत्वमामा १७ सदस्यीय सर्वसहमत चयन र जीवन परियारको संयाेजक्तमा 3 सल्लाहकार सदस्यीय सर्वसहमत चयन गरिएको छ।
