रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा अन्तर्राष्ट्रिय मित्रता दिवस मा”चिया गफ” कार्यक्रम भव्य रूपमा सम्पन्न, तिलोत्तमा रूपन्देहीसँग शुभकामना आदानप्रदान

बुटवल ,

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले ३० जुलाई २०२५ का दिन “चिया गफ” शीर्षकमा अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा एक रमाइलो र आत्मीय कार्यक्रम सफलतापूर्वक आयोजना गर्‍यो। बेलुकि ६:०० बजेदेखि ७:४० बजेसम्म चियानगर, देविनगर बुटवलमा सम्पन्न उक्त कार्यक्रममा क्लबका सदस्यहरु र अतिथिहरूबीच मित्रता र सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्य राखिएको थियो।कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष रोट्रयाक्टर आविष्कार खनालले गर्नुभएको थियो भने कार्यक्रमको सम्योजन रोट्रयाक्टर  तिलक अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट का IPDRR  विक्रम क्षेत्री, रोटेरियन जीवन प्रसाद अधिकारी (पूर्व अध्यक्ष तथा क्लब सल्लाहकार), रोट्रयाक्टर लक्ष्मण पन्थी (पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार), र IPP रोट्रयाक्टर डिल्लिराज ढकाल २८ जना सदस्य तथा अतिथिहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले मित्रता, सम्बन्ध र रोट्रयाक्टरको एकताको विषयमा आफ्नो अनुभव र भावना खुलस्त रूपमा साझा गरे।

आपसी कुराकानी र खुला छलफलले सहभागीहरूबीचको सम्बन्ध अझ प्रगाढ बन्ने अवसर प्रदान गर्‍यो। कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रूपन्देहीसँग केक काट्ने तथा चकलेट वितरण गर्ने कार्यक्रम पनि सम्पन्न गरियो जसले दुवै क्लबबीचको सौहार्द र सहकार्यलाई झल्कायो।सो कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रूपन्देहीकि अध्यक्ष  श्रीजना गिरी, रोट्रयाक्टर रेशम खड्का,  माधव पराजुली, लक्ष्मण पन्थी र   डिल्लिराज  ढकाल लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रमको समापनमा क्लब अध्यक्ष रोट्रयाक्टर आविष्कार खनालले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै रोट्रयाक्ट मार्फत मित्रता र एकताको भावना अझ बलियो बनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहभागीहरूले पनि आफ्नो उत्साह र प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त सहकार्य गर्ने प्रतिवद्धता जनाए।कार्यक्रम साँझ ८:०० बजे सफलतापूर्वक सम्पन्न भयो र यसले सहभागीहरूबीच नयाँ उत्साह र मिठा सम्झनाहरू बटुलेको महसुस गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै