बुटवल,
बुटवलको चर्को घाम, व्यस्त सडक, अनि निरन्तर ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरू। त्यही बेला एक युवा विद्यार्थीको सानो तर भावनाले भरिएको सहयोगले सबैको ध्यान खिच्यो।गुल्मी क्षेत्र गाउँपालिका–३ निवासी र हाल रूपन्देहीमा अध्ययनरत शिशिर गौतमले ती ट्राफिक प्रहरीलाई राहत मिलोस् भनेर मिनरल वाटर र फ्रुटी वितरण गरे। उनको उद्देश्य स्पष्ट थियो—“सामाजिक सेवा ठूला कामबाट मात्र होइन, साना सद्भावनाबाट पनि सुरुहुन्छ।”शिशिरको यो काम केवल प्यास मेटाउने प्रयास थिएन, यो प्रहरीमाथिको सम्मान र समाजप्रतिको जिम्मेवारी बोधको प्रतिक थियो। विद्यार्थी अवस्थामै यस्तो चेतना राख्नु आफैंमा प्रेरणादायी छ।उनले यसअघि पनि विभिन्न संघसंस्थामार्फत सामाजिक सहयोगमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। यस कार्यले अन्य युवाहरूलाई पनि सकारात्मक सोच र सामाजिक उत्तरदायित्वप्रति सचेत बन्न उत्प्रेरणा दिएको छ।

