रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा भव्य रूपमा हुँदै, सम्पूर्ण तयारी पूरा

बुटवल ,

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको १८औं डिस्ट्रीक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डिआरआर) पदस्थापन समारोह यसै आषाढ २८ गते, शनिबार (जुलाई १२) बुटवलको कालिकानगरस्थित दियालो फुडल्यान्डमा भव्य रूपमा आयोजना हुने भएको छ।रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजनामा तथा अन्तर्गतका विभिन्न क्लबहरूको आतिथ्यता र सह–आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रममा वर्तमान डिआरआर विक्रम क्षेत्रीले नव–नियुक्त डिआरआर दिनेश गैरेलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नेछन्।समारोहमा नेपालभरका विभिन्न रोट्रयाक्ट क्लबका प्रतिनिधिहरू, डिस्ट्रिक्ट अफिसियलहरू, रोटरि गभर्नर, पूर्व गभर्नर तथा रोटरी डिस्ट्रिक्ट अन्तर्गतका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहनेछ, जसले कार्यक्रमको भव्यता थप बढाउने अपेक्षा गरिएको छ।१८औं डिआरआर पद हस्तान्तरण समारोहका लागि विभिन्न क्लबहरूले उत्साहजनक सहभागिता जनाउँदै आतिथ्यता र सह–आतिथ्यताको भूमिका निर्वाह गरिरहेका छन्, जसले सम्पूर्ण रोट्रयाक्ट परिवारमा ऊर्जा र उत्साह थपेको संयोजक तथा वर्ष २०२५–२६ का डिस्ट्रिक्ट ट्रेजरर अनुप पाण्डेले जानकारी दिनुभयो।कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सहभागीहरूको स्वागतका लागि सबै व्यवस्था मिलाइएको पाण्डेले बताउनुभयो। कार्यक्रममा चलचित्र मोहर टिम बाट नायक पल शाह र नायिका बेनिसा हमालको पनि सहभागीता रहने बताइएको छ ।यस ऐतिहासिक समारोहले रोट्रयाक्टको नेतृत्व हस्तान्तरण मात्र नभई युवा नेतृत्वको सशक्त प्रतिबद्धता र सामाजिक सेवाप्रति समर्पणको प्रतीकका रूपमा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै