भैरहवा,
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजना साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा नबिल बैंकको सहप्रायोजनमा “प्रथम अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता–२०८२” भोलि शुक्रबार भैरहवा स्थित होटेल बुद्ध रिजेन्सी, एयरपोर्ट रोडमा हुने भएको छ।
“वित्तीय साक्षरता प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिका” विषयक शीर्षकमा आयोजना हुन लागेको यो प्रतियोगिता यस क्षेत्रमै पहिलोपटक आयोजना गर्न लागिएको विशेष कार्यक्रम हो। प्रतियोगिताको उद्देश्य विद्यालय स्तरमै वित्तीय साक्षरताको महत्त्व उजागर गर्नु र विद्यार्थीहरूलाई बाल्यकालदेखि नै वित्तीय ज्ञानप्रति जागरूक बनाउनु रहेको छ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष पदमराज भुसालका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उहाका अनुसार “विद्यार्थीहरूको बोल्ने क्षमताको विकाससँगै वित्तीय साक्षरता जस्ता जीवनोपयोगी विषयमा उनीहरूको सोच र समझ विकास होस् भन्ने उद्देश्यले यो प्रतियोगिता सुरु गरिएको हो।” प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो हुनेले नगद रु १५,०००, दोस्रो हुनेले रु १०,००० तेस्रो हुनेले रु ५, ००० र सान्त्वना पुरस्कारस्वरूप रु २,५०० नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यस प्रतियोगिताले विद्यार्थीहरूमा जिम्मेवार आर्थिक व्यवहार र वित्तीय ज्ञानको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएका छन्।
भोलि भैरहवामा प्रथम अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुँदै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
