अनेरास्ववियु तिलोत्तमा नगर कमिटीद्वारा गरिब तथा विपन्न विद्यार्थीका लागि अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न ।

तिलोत्तमा, रुपन्देही

अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) तिलोत्तमा नगर कमिटीको आयोजनामा गरिब तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै ‘अक्षयकोष निर्माण कार्यक्रम’  सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता अनेरास्ववियु तिलोत्तमा नगर अध्यक्ष दिवश खनालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे उपस्थित रहेका थिए।कार्यक्रमको प्रमुख उद्देश्य तिलोत्तमा नगरभित्रका आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई दीर्घकालीन शैक्षिक तथा आर्थिक सहारा प्रदान गर्नु रहेको अध्यक्ष खनालले जानकारी दिए।अनेरास्ववियु जिल्ला अध्यक्ष भरत अर्यालले नगरका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको तथ्यांक संकलन गरी उनीहरूको आवश्यकताको मूल्यांकनपछि लक्षित सहायता कार्यक्रम सञ्चालन गरिने बताए। उनले अक्षयकोष स्थापनालाई समावेशी र सहायतामूलक शिक्षा प्रणालीको बलियो आधारका रूपमा लिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अनेरास्ववियुका प्रतिनिधिहरू, जिल्लास्तरीय नेताहरू, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै नेकपा एमाले तिलोत्तमा नगर सदस्य तथा अनेरास्ववियु जिल्ला सह-सचिव सरोज खनालले शिक्षा सबैका लागि समान रूपमा उपलब्ध हुनुपर्ने भन्दै यस्तो कोषको निर्माण उज्ज्वल भविष्यको दिशामा लिएको सकारात्मक पहल भएको धारणा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन अनेरास्ववियु तिलोत्तमा नगर सचिव प्रतिक भारद्दाजले गरेका थिए। यो अक्षयकोष निर्माण कार्यक्रमले नगरभित्रका आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै