रोट्रयाक्ट डाउनटाउनद्वारा चरङ्गेमा १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।

बुटवल ,
रुपन्देही जिल्लाको देवदह नगरपालिका–१० स्थित सीता माध्यमिक विद्यालय चरङ्गेमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत १५ जना विद्यार्थीहरूलाई स्कुल ब्याग सगै आवश्यक कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष  डिल्लीराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  देबदह वडा नं. १० का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री यकबहादुर सुनारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारले रोट्रयाक्ट क्लबले गर्ने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक श्री उमाकान्त अधिकारीले विद्यालयमा हुने यस्ता सहयोगी गतिविधिहरूले विद्यार्थीमा आत्मबल बढाउने र सिकाइको वातावरणलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका  संयोजक एवं क्लबका प्रेसिडेन्ट नोमिनी महेश खनालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा क्लबका अध्यक्ष डिल्लीराज ढकालले विद्यार्थीहरूको अध्ययन प्रक्रियालाई सहज बनाउन क्लबको तर्फबाट गरिएको सानो सहयोग पनि महत्वपूर्ण हुने बताउनुभयो। रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनकी सचिव  मञ्जु गिरीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा रोट्रयाक्ट क्लबको तर्फबाट उपाध्यक्ष विकास टण्डन कोषाध्यक्ष तुलसीराम पाण्डे लगायत क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनले डीआरआर थिम अन्तर्गत रहि उक्त कार्यक्रम सम्पन्न गरेको र आगामी  दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै