वीरगन्ज,
रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ ले रोटा वर्ष २०२५/२६ को औपचारिक सुरुवात वीरगन्जमा आयोजना गरेको डिस्ट्रिक्ट टिम प्रशिक्षण सेमिनार बाट सुरुवात गरेको छ। रोट्र्याक्ट क्लब अफ वीरगन्जको व्यवस्थापन र कार्यक्रम समन्वयकर्ता आयुष गुप्ताको संयोजनमा सम्पन्न उक्त सेमिनारले नव-नियुक्त डिस्ट्रिक्टका पदाधिकारीहरुलाइ रणनीतिक योजना, टोली निर्माण तथा नेतृत्व विकासका लागि दुई दिने सत्रमा एकत्रित गरेको छ । कार्यक्रमको उद्घाटन औपचारिक सत्रबाट भएको थियो, जसको अध्यक्षता वर्ष २०२५/२६ का लागि डिस्ट्रिक्ट रोट्र्याक्ट रिप्रेजेन्टेटिभ दिनेश गैरेले गरेका थिए । सो अवसरमा बर्ष २०२५/२६ का रोटरी गभर्नर बिनोद कोइराला प्रमुख अतिथि, किशोर त्रिपाठी, अमित गिरी, पुर्व डि. आर. आर. रोशन कार्की, डि. आर. आर.इलेक्ट प्रकाश शर्मा गैरे विशेष अतिथि तथा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष निर्मल खत्री लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
डि. आर. आर गैरेले उद्घाटन समारोहमा बोल्दै रोट्र्याक्ट वर्षप्रति उत्साह व्यक्त गर्दै डिस्ट्रिक्ट टिमको रणनीतिक दृष्टिकोण, बजेटको खाका तथा नवीन परियोजनाहरूको योजना प्रस्तुत गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि बिनोद कोइरालाले नव-निर्वाचित डिस्ट्रिक्ट टिमलाइ शुभकामना दिँदै रोटर्याक्ट तथा रोटरीबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले यस्ता समन्वयले प्रभावकारी परिणामहरू ल्याउन सक्ने बताए ।
उक्त सेमिनारमा नेतृत्व विकासका लागि अन्तरक्रियात्मक सत्र, समुहगत गतिविधि, आइसब्रेकर लगायतका महत्त्वपूर्ण कार्यक्रमहरु समावेश गरिएको थियो।
रोटा वर्ष २०२५/२६ का लागि डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार कार्यक्रम बिरगंजमा सम्पन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
