बुटवल ,
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको आयोजनामा “हाम्रो सियारी स्वस्थ सियारी “भन्ने मूल नाराका साथ यहि वैशाख ६ गते सनिवार बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । श्री वीरेन्द्र माध्यमिक विद्यालय सियारी ५ मा हुन गइरहेको शिविर बिहान ९ बजेदेखि सुरु हुनेछ। रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको आयोजना, सियारि गाउँपालिका र बुटवल हस्पिटल प्राइभेट लिमिटेडको सहकार्य, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोग र सनसाइन डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा हुन गइरहेको स्वास्थ्य शिविरका लागि अन्य विभिन्न संघसंस्थाहरूको पनि सहयोग रहेको छ । शिविरमा वरिष्ठ जनरल फिजिसियन ,पेट छाती तथा मुटुरोग विशेषज्ञ ,जनरल सर्जरी विशेषज्ञ ,स्त्री तथा महिला रोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञ बालरोग विशेषज्ञ ,किड्नी रोग विशेषज्ञ ,छालारोग विशेषज्ञहरुले चेकजाँच तथा आवश्यक परामर्श प्रदान गर्नुहुनेछ भने दन्तरोग सम्बन्धी परीक्षण एवं परामर्श प्रदान गरिनेछ। शिविरमा निःशुल्क इसीजी, सुगर जाँच, पिसाब जाँच, साथै आवश्यक वितरण समेत गरिने हुदा उक्त बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ आफ्नो स्वास्थ्य चेकजाँच गरि बृहत स्वास्थ शिविर बाट लाभ लिनुहुन सियारीवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीकि अध्यक्ष करुणा भुसालले आग्रह गर्नुभएको छ ।
