शान्ति मा.वि बागिमा कक्षा १२ साधारण धार तर्फ अध्ययनरत बिद्यार्थीहरु परियोजना कार्यमा ब्यस्त

बिनोद खड्का

अर्घाखाँची

मालारानी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री शान्ति मा.बि मालारानी ५ बागिमा चालु बर्ष कक्षा१२मा अध्ययनरत साधारण तर्फका बिद्यार्थीहरु सामाजिक अध्ययन तथा जिवनउपयोगी शिक्षा बिषय अन्तर्गत मालारानी५ डडुवामा रहेको उदियमान युवा क्लब द्वारा निर्माण गरिएको सामुदायिक भवन र स्थापित पुस्तकालयको अध्ययन एवं अवलोकन भ्रमण यहीँ चैत्र ५ गते सानदार रुपमा सम्पन्न भयो।
अवलोकनको क्रममा भवन निर्माण र जग्गाको सहयोग,पुस्तकालय स्थापना,पुस्तकालयको उपयोगिता, यसको सकारात्मक प्रभाव जस्ता बिषयमा बिद्यार्थीले सोधेको जिज्ञासा् क्लबका अध्यक्ष असोक चौहानले प्रष्ट पार्नुभएको थियो। त्यहा रहेका पाठ्यसामग्री निकै उपयोगी र ज्ञानबर्दक भएको समुहको टोलि संयोजक प्रमिला जि.सी.ले अनुभुती व्यक्त गर्नुभयो!
अवलोकन पश्चात् आयोजित अन्तर्कृया कार्यक्रममा क्लबका सल्लाहकार बिरेन्द्र चौहान,डाल बहादुर चौहान, प्रेमबहादुर चौहान,रुद्र चौहान,क्लबका पदाधिकारी, समाजसेवी ब्यक्तित्व कुल बहादुर चौहान बिधालयका प्र.अ.,मान बहादुर पान्डे ,शिक्षक छबिलाल घिमिरे,बसन्त खडका,मिना महत,जनता आ.बिका प्र.अ. हरि बहादुर चौहान समेतको उपस्थिति रहेको थियोे। कलवले आगामी दिनमा गर्नुपर्ने कार्यक्रमको बारेमा समेत जानकारी गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै