बुटवल,
चर्चित कवि नवराज पराजुलीको विशेष कविता कन्सर्ट बुटवलमा आयोजना हुने भएको छ ।” बुटवलमा भेटौला” भन्दै कला, साहित्य, र संगीतप्रेमीहरूलाई लक्षित गरी ड्रिम हाइ नेपाल द्वारा आयोजित कविता कन्सर्ट कार्यक्रम क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा आयोजना हुन लागेको छ ।
पराजुलीको एकल कविता कन्सर्ट आगामी चैत्र १६ गते सनिवार बुटवल कालिकानगर स्थित क्लब डेनोभोमा दिउँसो ३:०० बजे बाट सुरु हुनेछ । कार्यक्रममा नवराज पराजुलीले आफ्ना चर्चित कविता वाचन गर्नुका साथै यो पटक बुटवल कन्सर्टमा नया कविता पस्कने प्रतिबद्दता समेत गर्नु भएको छ ।
कार्यक्रम टिकट शो हुने र कार्यक्रमबाट संकलित रकमबाट केहि रकम बुटवलस्थित दृस्टीबिहिनलाइ सहयोग समेत गरिने कुरा आयोजकले जानकारी दिनु भएको छ । साहित्यप्रेमीहरूका लागि यो कार्यक्रम निकै फरक अनुभुति दिने र प्रेरणादायी हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । कार्यक्रमका लागि इच्छुक व्यक्ति तथा सस्थाहरूले ९८५७०७८०२४ मा सम्पर्क गरि टिकट खरिद सगै कार्यक्रमका लागि प्रायोजन एवं सहयोग समेत गर्न सक्नुहुनेछ ।
