घटनाको प्रकृति प्रत्यक्ष देख्दा निकै दर्दनाक थियो अर्घाखाँचीको मरेङ्खोला दुर्घटना अवस्था

लीलामणि पोखरेल

अर्घाखाँची -उक्त स्थान जंगली र वारिपारिका गाउँघर भन्दा निकै एकान्त र गहिराई  एरिया भएकाले छिट्टै जानकारी हुन नसकेको हो।  घटनाको प्रकृति देख्दा निकै नै भयावह देखिएको थियो गाडीका चालकको अवस्था पनि अत्यन्तै दर्दनाक रहेको बताइएको छ।

ईलाका प्रहरी खन देउरालीबाट खटिएको  प्रहरीको रिपोर्ट अनुसार बिहान करिब ११:५३ बजेको समयमा अर्घाखाची जिल्लाको मालारानी गाउपालिका-२ कुभिन्डेमा बुटबल बाट मालारानी गाउपालिका वडा नम्बर २ ढाणचौर आउदै गरेको लु१ ज ४२२६ नंम्बरको जिप बाटो देखी अन्दाजी ४०० मिटर तल खसि दुर्घटना भएको भनिएता पनी कानुनी रूपमा प्रहरीलाई बिहान जानकारी भएपछि करिब ११ बजे त्यहाँ पुगेको थियो।

घटनाको स्थलगत रिपोर्टिङ गर्नलाइ त्यहाँ पुगेको प्रहरीको टिमले जस्तो देख्यो जस्ताको तस्तै स्थलगत रिपोर्टिङ गर्नुपर्ने र कानुनी प्रक्रिया अनुसार शवको पोस्टमार्टम इत्यादि गर्नुपर्ने भएतापनि स्थानीयका अनुसार उक्त दुर्घटना रातिमा नै भएको हुनसक्ने आशंका गरिएको थियो ।

गाडीका चालक कृष्णलाल मरासेनी बुटवलबाट तम्घास हुँदै   घरतर्फ आउँदै गर्दा दुर्घटना भएको हुनसक्ने धेरैको विश्लेषणात्मक टिप्पणीले उजृत गर्दछ। उनि राति देखिनै सम्पर्कमा नरहेको बताइएको छ।

जिप चालक अर्घाखाची जिल्लाको मालारानी २ बस्ने ५० बर्षिय कृष्णलाल मरासिनी रहेको खुल्नमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै