नमस्ते नेपालद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवन अबलोकन कार्यक्रम सम्पन्न ।

बुटवल,
नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित लुम्बिनी प्रादेशिक अस्पतालको  निर्माणाधीन भवन अबलोकन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विकास निर्माणमा युवा पुस्ताको संलग्नतालाई बढवा दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा  विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका प्रदेश अध्यक्ष जिवन पाण्डे, केन्द्रीय कार्यसमिति का.सचिव साथै प्रदेश इन्चार्ज बिपिन नेपाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय मनिष भुसाल , पत्रकार मनिष पन्थ , नमस्ते नेपालका शुभेच्छुक एवं सामाजिक युवा अभियन्ता आविष्कार खनाल लगायत नमस्ते नेपालका  पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । अबलोकनको क्रममा समृद्धि र स्वास्थ्यको लागि युवा सहभागिता अनिवार्य रहेको  केन्द्रीय कार्यसमिति कार्यबाहक सचिव साथै प्रदेश इन्चार्ज बिपिन नेपालले आफ्नो सम्बोधनमा युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिए। उनले भने, “समृद्ध नेपाल निर्माणको सपना युवाहरूले मात्र पूरा गर्न सक्छन्। विकास निर्माणमा हामी सबैको सहभागिता अनिवार्य छ। लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निर्माणले सम्पूर्ण प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनेछ भन्ने कुरामा अवलोकनको पस्चात आशा लागेको बताए ।

नमस्ते नेपालका लुम्बिनी प्रदेश अध्यक्ष जिवन पाण्डेले युवाहरूको सक्रिय संलग्नता बिना कुनै पनि दीर्घकालीन योजनाको विकास सम्भव नभएको र यस अस्पतालको निर्माण कार्यलाई समयमै सम्पन्न होस भन्नका लागि नमस्ते नेपालले यस्ता कार्यक्रमहरुलाइ निरंतरता दिने बताए । स्थानीय समुदायको अपेक्षा र नमस्ते नेपालको प्रतिबद्धता केन्द्रीय मनिष भुसालले कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पताल को निर्माण कार्यले समग्र प्रदेशलाई ठूलो फाइदा पुर्‍याउने बताउँदै अस्पतालको शीघ्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए। स्थानीय समुदायले यो अस्पताललाई लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको मेरुदण्ड बन्ने अपेक्षा राखेको बताए।नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीले यस क्षेत्रका अन्य विकास योजनाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाका पदाधिकारीहरूले युवाहरूलाई यस्ता योजनाहरूमा संलग्न हुन आह्वान गर्दै समाजसेवा र राष्ट्रनिर्माणमा महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरेका छन्। अबलोकन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको  र आगामी दिनहरुमा यस्तै फरक  र बिकास  निर्माणसँग जोडिएका कार्यहरूको  अवलोकन र  आवश्यक परेको खण्डमा दबावमूलक कार्यक्रमहरू पनि गर्दै जाने नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै