लीलामणि पोखरेल
दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यान्वयनमुखी भाषण (एक्सनेबल स्पिच)मा ध्यान दिन थालेका छन् ।
अब समाजमा ज्ञान र उपदेशमा अल्झिएका लच्छेदार भाषणहरु बदलिदै अब सिधै एक्सनमा जाने विचारहरु आउँदै छन।
ज्ञान त अहिलेको जमानामा जे खाेज्याे ओछ्यानमै हाजिर हुन्छ बस गुगलमा सर्च गर्न जाने हुन्छ ।
ज्ञान तहका भाषणमा धेरै बेर अल्झिनु हुन्न । त्याे त कार्यपत्र प्रस्तुत गर्ने प्रशिक्षककाे काम हाे ।
उपभाेक्ता हित संरक्षण मन्च प्रदेशकाे कार्यक्रममा मुख्यमन्त्री उपभाेक्ताका केही समस्या राखे । उनले मूलत : एक्सनमा जाने “बजार अनुगमन संयन्त्र” निर्माणमा बारम्बार ध्यान दिए । प्रदेशमा बजार अनुगमन संयन्त्र निर्माण गरी स्थानीय तह र प्रशासनसँग मिलेर चाडवाडमा मात्र हैन, लगातार बजार अनुगमन गर्ने कुरालाई उपभाेक्ता विभाग गठन गर्ने सङ्कल्प गरे ।
उनले सार्वजनिक सराेकारकाे विषयमा राज्यकाे भाषण गर्छन् । जहाँ घाेंचपेज, गाली-गलाैज, उपहास र निन्दाकाे मात्रा शून्य हुन्छ । याे सुन्दर कला हाे ।
आम जनतासँग साझा भाषण र पार्टीकाे काममा पार्टीकाे भाषण गर्छन् । व्यष्टि र समष्टिकाे राम्राे ख्याल गर्छन् ।
पार्टी पार्ट(अंश) हाे । राज्य सिङ्गाे (अल) हाे । राज्यकाे भाषा साझा हुन्छ । पार्टीकाे भाषा पार्टीकाे हितमा मात्र हुन्छ ।
याे उनलाई थाहा छ ।
त्यसैले मुख्यमन्त्रीलाई ज्याेति बानियाँले अरुभन्दा फरक र विशिष्ठ व्यक्तित्व भनेर प्रशंसा गरे । तेजकुमार पाठकले अद्वितीय नेता बन्ने सम्भावना भन्दै तारिफ गरे ।
प्रशंसा आइरहँदा अहंकारलाई थिचेर शालीन र शान्त बनिरहन सक्नुपर्छ ।
प्रशंसाले अहंकाे भूत जागेर बिग्रेका थुप्रै नेता छन् । याे चुनाैती धेरै नेतालाई छ । मुख्यमन्त्री यसमा सचेत हाेलान् । उनले आफ्नाे जिल्लाका सबै नेता तथा कार्यकर्तालाई साथ लिएर हिड्नुपर्छ । विभाजित मनस्थितिलाई एकीकरणमा ध्यान दिनुपर्छ ।
किनकि उनी अहिले सबैकाे आशाकाे नजरमा छन् ।
