उपभोक्ताको हित संरक्षण गर्न व्यवसायी ईमानदार र उपभोक्ता सचेत हुनुपर्छ मुख्यमन्त्री आचार्य

लीलामणि पोखरेल

बुटवल -मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताउनु भएको छ ।

उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्वन्धी सक्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनैपर्ने बताउनु भएको हो । प्रदेश सरकारले अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिने समेत बताउनु भयो ।‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिननै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउछौं ।’
बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने बताउनु भयो । अखाद्य बस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दिर्घरोगबाट पिडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य बस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताउनु भयो।

।‘उपभोक्ताको हित संग जस्ले खेलवाड गर्छ । म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्छ त्यसलाई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’उहाँले भन्नुभयो,‘यसका लागि तीन तहकै सरकारको संयन्त्र परिचालन हुनुपर्छ ।

नागरिक तह, उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी भइरहनुपर्छ उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियानहरु तिब्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत बताउनु भयो ।

उपभोक्ताको हित संग खेलवाडगरी अनुचित व्यापार गर्नेलाई कानूनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको पनि बताउनु भयो । प्रदेश सरकारले सुधारका कामहरुलाई अघि बढाएको र त्यसमा नागरिक सहभागिता बढ्नुपर्ने बताउनु भयो ।

सामाजिक सुधारका काममा सरकारले सफलता हाँसिल गरेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनिकरण गर्न बिशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत बताउनु भयो ।

यस्तै मुख्यमन्त्री आचार्यले फरक प्रसंगमा सरकारले सेवा प्रवाहलाई सुधार गर्न नयाँ कदम चालेको र त्यसमा सबैको साथ सयोग आवश्यक पर्ने पनि बताउनु भयो ।‘देश र जनताको पक्षमा कानुन सुधार गरेर सरकार अघि बढ्न खोज्दैछ’उहाँले भन्नुभयो,‘नागरिकको अपेक्षा अनुसार सरकारले आफ्नो गति बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै