अर्जुन कुवर
अर्घाखाँची
नेपाली कांग्रेस मालारानीद्वारा मालारानी गाउँपालिकामा नयाँ आउने वा यहाँबाट बिदाई भएर जाने प्रमुख प्रशासकीय अधिकृत हरुलाई विदाई गर्ने र स्वागत गर्ने संस्कारलाई निरन्तरता दिदै आएको छ। 
नेपाली कांग्रेस मालारानी गाउँपालिकाका सोभाखर खनालले सुनौलो न्युज डट्कम लाई दिएको जानकारी अनुसार देश संघीय संरचनामा गए यता मालारानी गाउँपालिकामा आउनुहुने रास्ट्रसेवक कर्मचारी स्थानीय तहको लागि एकमात्र संघीय प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत ज्यूहरूलाई स्वागत गर्ने एवं विदाई गर्ने कार्यक्रम नेपाली कांग्रेसले सुरुदेखिनै गरिरहेको छ!
यो नियमित प्रक्रिया भएतापनि यसपालि मालारानि गाउँपालिका बाट एक आर्थिक वर्ष समेत पुरा गर्न नपाई मात्र ८ महिना भित्रै सरुवा भै जानुहुने प्रमुख प्रशासकीय अधिकृत Ashar GC ज्युको सरुवा प्रति आफु दुखि भै बिदाइ गर्नुपरेको बताए ।
यद्यपि अबदेखि यस्तो नजर बस्न दिनु उचित नभएको बताए असर जिसिको सरुवा पछि नयाँ आउनुभएका कार्यलय प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृत गोभिन्द भट्टराई ज्युलाइ स्वागत गर्दै खनाल भन्छन : कुनैपनि कार्यलय प्रमुख सम्बन्धित कार्यलयमा आइसकेपछि एक आर्थिक वर्ष बस्न जरुरी हुन्छ किनकि कार्यलय प्रमुखको कार्यसम्पादनको सेवाग्राही हरुले मुल्यांकन र महशुस गर्न पाइन्थ्यो।
उल्ने यस मिडिया वा समाचार माध्यम मार्फत यो संस्कारलाई नेपाली मालारानि काङ्ग्रेसको सभापतिको हैसियतले सरोकारवाला हरुलाइ यि र यस्ता विषयमा गम्भीरतापूर्वक ध्यानाकषिर्त समेत गराउन चाहान्छु साथै हाम्रो तर्फबाट सकारात्मक र रचनात्मक सहयोग र खबरदारी संगै सरुवा र आगमनको क्रम लाई निरन्तरता दिइरहने भन्ने जानकारी समेत दिनुभएको छ।
