बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा बुटवल ०७ दिपनगर स्थित साइनिङ स्टार बोर्डिङ स्कुलमा नाक ,कान, घाँटी सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम र दन्त शिविर कार्यक्रम सम्पन्न भएको हो। साइनिङ स्टार बोर्डिङ स्कुलको कक्षा ९ र १० मा अध्ययनरत करिब ६२ जनाविद्यार्थीहरूलाइ नाक ,कान, घाँटी सम्बन्धी स्वास्थ्य सचेतना र स्कुलमा अध्यनरत करिब ४०० जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको हो ।
नाक ,कान, घाँटी रोग तथा थाइराइड रोग विशेषज्ञ डा. सरोज चापागाईंको सहजीकरणमा स्वास्थ सचेतना र श्रीशा डेन्टल केयर बुटवलको सहयोगमा दन्त शिविर कार्यक्रम गरिएको हो । विद्यार्थीहरुमा हुन सक्ने नाक ,कान, घाँटीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ सचेतना र मुख स्वास्थलाइ मध्यनजर गर्दै दन्त शिविरको आयोजना गरिएको क्लबले जनाएको छ । दन्त शिविर मार्फत करिब ४०० जनाको परिक्षण गरि ५० जना बिद्यार्थीहरुको फाल्नुपर्ने दात फाल्ने कार्य समेत भएको क्लबका अध्यक्ष आबिस्कार खनालले बताए ।
लायन्स क्लब अफ बुटवल क्षितिजका प्रथम उपाध्यक्ष डा. श्री खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि बालाराम भट्टराईको प्रमुख आतिथ्यता ,साइनिङ स्टार बोर्डिङ स्कुलका प्राचार्य रुक्मांगत गैरेको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नाक ,कान, घाँटी रोग तथा थाइराइड रोग विशेषज्ञ डा. सरोज चापागाईं लायन्स क्षितिजका पुर्ब अध्यक्षहरु नारायण थापा ,फवन लाकौल र लोकेन्द्र लिम्बु, रिजन चिफ बैकुण्ठ श्रेष्ठ , क्लबका निबर्तमान अध्यक्ष धुर्ब कुमार शर्मा ,तृतीय उपाध्यक्ष गुप्त पुन , क्लबका शिक्षा संयोजक एवं कार्यक्रम संयोजक शम्भु पाण्डे , टेमर प्रविन अर्याल लगायतका पदाधिकारी एवं सदस्यहरु, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि बालाराम भट्टराईले लायन्स क्लब अफ बुटवल क्षितिजले निरन्तर कार्यक्रमहरु गर्दै आएको र बिद्यालय स्तरमा यस्ता कार्यक्रम गर्नाले विद्यार्थीहरुको स्वास्थ संवेदनशीलता, स्वास्थ्य परीक्षणसँगै विद्यार्थीहरुमा लायन्सले गर्ने सामाजिक कार्यहरुको बारेमा जानकारी हुने र उनिहरुमा पनि सानै उमेरबाट नै सामाजिक भाव उत्पन्न हुने र सामाजिक कार्यमा लाग्ने बाताबरणको सिर्जना हुने बताउनुभयो भने क्लबलाइ यस्तै फरक र उत्कृष्ट कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका बिशिस्ट अतिथि साइनिङ स्टार बोर्डिङ स्कुलका प्राचार्य रुक्मांगत गैरेले आफ्नो बिधालयमा क्लबले गरेको कार्यक्रम निकै महत्त्वपूर्ण भएको भन्दै लायन्स क्लब अफ बुटवल क्षितिजलाइ धन्यवाद व्यक्त गर्नुभयो । क्लबका निबर्तमान अध्यक्ष धुर्ब कुमार शर्माले लायन्स र लियोको महत्त्व बारे प्रकाश पार्दै बिधालयमा लियो गठनका लागि पनि आग्रह गर्नुभयो । लायन्स क्लब अफ बुटवल क्षितिजका तृतीय उपाध्यक्ष गुप्त पुनको स्वागत र <क्लबका शिक्षा संयोजक एवं कार्यक्रम संयोजक शम्भु पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
