बुटवल ,
दुर्वाषा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ शनिबार तिलोत्तमा स्थित वनवाटिकामा १५औं साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो। दुर्वाषा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी प्रसाद पोखरेललको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले हाल देशभरका विभिन्न सहकारीहरूमा समस्या देखिएको समयमा दुर्वासा बचत तथा ऋण सहकारी संस्थाले सहकारीको सिद्धान्त अनुरुप आफ्नो गतिविधिहरु अगाडि बढाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो भने आगामी दिनहरुमा थप सजग बनेर आफ्ना गतिविधिहरू अगाडि बढाउन सुझाव समेत दिनुभयो। सस्थाका उपाध्यक्ष थानेश्वर घिमिरेको संयोजन तथा स्वागत मन्तव्यमा रहेको साधारण सभाको संचालन सस्थाका सचिव राधिका पेखरेलले गर्नुभएको थियो।
कार्यक्रममा कार्य समिति सदस्य श्री शिव प्रसाद घिमिरेले सहकारी गित प्रस्तुत गर्नुभएको थियो। सल्लाहकार युवराज घिमिरे, महिला समन्वय उप समिति सदस्य मञ्जु वस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा एस. ई इं मा उत्कृष्ट अंक ल्याउने कमला घिमिरे की छोरी कृपा घिमिरे र चिकित्सा शास्त्र(एम.वि.वि.एस) प्रवेश परिक्षामा नेपालभर वाट ५औ स्थान हासिल गर्ने शेयर सदस्य दिनमनि भट्टराईका छोरा कुशल भट्टराईलाइ सम्मान गरिएको थियो। संस्थामा हालसम्म ५२० जना सदस्य तथा ६ करोड ५८ लाख कुल पुजि रहको संस्थाका व्यवस्थापक लक्ष्मण रेग्मीले जानकारी गराउनुभयो ।
