लीलामणि पोखरेल
अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदको साविक ३ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा मालारानी गाउँपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष एवं नेपाली कांग्रेस मालारानी गाउँपालिकाका सभापति शोभाखनालद्वारा शैक्षिक सामग्री अन्तर्गत कापी पेन विद्यार्थीहरुलाई फलफुल त्यसैगरी समग्र विद्यालय परिवारको लागि खानेपानीको फिल्टर वितरण गर्नुभएको छ।
शैक्षिक सामग्री वितरण सँगसँगै पुर्व अध्यक्ष खनालले उक्त विद्यालयमा रहेका अति विपन्न र जेहनदार एवं गरिब ३ जना विद्यार्थीहरूको लागि भनेर प्रति विद्यार्थी ५०० पनि सहयोग गर्नुभएको छ।
जस अन्तर्गत जेहनदार विद्यार्थीमा भविष्यर सुनार विश्वकर्मा त्यसैगरी अर्को विपन्न विद्यार्थीमध्ये अन्जली विश्वकर्मालाई रु ५०० को दरले हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा अध्यक्ष खनालज्यूले आफ्नो जन्म अवसर मनाउँदा भड्किलो नमनाई विभिन्न विद्यालयहरूमा संघसंस्थाहरुमा पुगेर र अत्यन्तै पीडित र शारीरिक रुपमा अपाङ्ग भएकाहरुलाई सहयोग गरेपार मनलाई सन्तुष्टि मिल्ने र यसभन्दा पहिला आफूले यसै वडा नम्बर ३ लगायत विभिन्न विद्यालयहरुमा गएर यस्तै कार्यक्रमहरू गर्दा निकै आनन्द मिलेको उहाँले बताउनु भएको छ। उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पोखरेलज्यू र विद्यालयका प्र.अ श्री खिमानन्द खनालज्यू सहित एक औपचारिक कार्यक्रमका साथ उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। साथै आफ्नो पचासौँ जन्म अवसरको शुभ अवसरमा उक्त विद्यालयमा यो कार्यक्रम लिएर गएका खनाल लाइ विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण र खानेपानीको फिल्टर वितरण गर्नुभएको हुँदा यस प्रशंसनीय र उत्कृष्ट कार्यको लागि धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो।
प्रधानाध्यापक खनालले भन्नुभयो यस विद्यालयमा अहिलेसम्म यस्ता कार्यक्रमहरु लिएर कोहिपनि न आएको र मेरो कैयौं वर्षको कार्यकाल रह्यो मलाई जानकारी रहेन त्यसैले पहिलो कार्यक्रम लिएर आउनुभएका सोभाखर खनाल ज्युलाइ धन्यवाद ।
