गुल्मीको इस्मा गाउँपालिकामा एक महिला मृत अवस्थामा भेटिइन।

बासुदेव पोख्रेल

गुल्मी

गुल्मीको इस्मा गाउँपालिका-४ हुलकीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। ५० वर्षीया मिना दर्लामी आफ्नै घरभित्र मृत भेटिएको स्थानीय भोला सिंह थापाले जानकारी दिएका छन्।

थापाका अनुसार मृतकको शरीरमा गम्भीर चोटपटक र रगत देखिएको छ। मिना आफ्ना श्रीमान् शिव बहादुर दर्लामीसँगै घरमा बस्दै आएकी थिइन्। आइतबार राति करिब ९ देखि १० बजेको समयमा घटना भएको अनुमान गरिएको छ।

घटनास्थलवामा शवको अवस्थाले हत्या भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र मुचुल्का तयार भएपछि छानबिन अघि बढ्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै