सुशिला खड्का
बुटवल
जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।
नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको ज्यान गएको हो ।
घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । #u
जाजरकोटमा जिप दुर्घटना हुँदा ना-बालक सहित पाँच जनाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
