बुटवल । क्लोथ एण्ड फुड बैँक नेपालले कपिलवस्तुको वाणगंगा नगरपालिका परिसरमा ‘क्लोथ बैँक’ (कपडा बैँक)सञ्चालनमा ल्याएको छ । ‘कोही कपडा विहिन नरहुन्’ भन्ने उदेश्यले ९ महिना अघि बुटवलको बुटवल उपमहानगरपालिका बाट सुरु भएको ‘क्लोथ बैँक’ स्थापनाको अभियानलाई कपिलवस्तु वाणगंगा नगरपालिका र रुपन्देहीको सियारी गाउँपालिकामा नेपालि सिने जगतका महानायक राजेश हमालले उद्घाटन गरे ।
आइतबार आयोजित एक कार्यक्रममा महानायक हमालले ‘क्लोथ बैँक’ अवधारणा समाज सेवासँग जोडिएको भन्दै प्रयोगमा नआएका लत्ताकपडालाई ‘क्लोथ बैँक’मा जम्मा गरिदिन आग्रह गर्दै कपड़ा बैंकको सुरुवात लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बाट गरेको जानकारी दिदै यस महान कार्यमा जोडिएकोमा पालिकाहरुलाई धन्यवाद दिए । वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणिअर्याल र सियारी गाउँपालिका प्रमुख थानेश्वर घिमिरेले नागरिकको हितमा हुने जुनसुकै कार्यक्रम वा अभियानमा साथ दिन तयार रहेको दाबी गर्दै ‘कपडा बैँक’ले पनि पालिका बासिहरुलाई सहयोग पुग्ने अपेक्षा राखे । ‘क्लोथ एण्ड फुड बैँक संग वाणगंगा नगरपालिका र सियारी गाउँपालिका ले आवश्यकता अनुसार समन्वय गरेर काम गर्ने बताए ।
क्लोथ बैंकका सल्लाहकार राजिव गौतमले ‘क्लोथ बैँक’ को यो अभियान नागरिक मैत्री रहेकाले सफलताको शुभकामना व्यक्त गरे ।सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिशिराम पन्थीले ‘क्लोथ बैँक’को अवधारणा परोपकारी सँगै वातावरण मैत्री भएकाले प्रयोगमा नआएका कपडा बैँकमा जम्मा गरिदिन आग्रह गरे ।
क्लोथ बैंक अभियानका अवधारणाकर्ता एवं क्लोथ बैंकका केन्द्रिय अध्यक्ष कमल जिसी हुन् । उनका अनुसार अघिल्लो फागुनबाट सुरु अभियान हालसम्म १६० भन्दा बढी स्थानीय तहमा सहकार्य गरिसकिएको छ । प्रयोगमा नआएका लत्ताकपडा संकलन गरी प्रशोधन तथा शुद्धिकरण गरि लगाउन मिल्ने कपडालाई आवश्यकताको आधारमा विपदमा परेका समुदाय र विपन्न परिवारसम्म पुग्ने माध्यम ‘क्लोथ बैँक’ बन्न पुगेको क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष जिसीले बताए अध्यक्ष जि सी ले लुम्बिनी प्रदेशमा कपडा बैंक स्थापना गर्न वडा कार्यलय , स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार संग पनि समन्वय गरेर अगाडि बढने बताए ।
