बुटवल ,
लियो क्लब अफ बुटवल क्षितिजले क्लोथ एण्ड फुड बैंक नेपाललाई कपडा हस्तान्तरण गरेको छ। शनिबार एक कार्यक्रमका बीच तिलोत्तमा स्थित जानकी नगरमा रहेको क्लोथ एन्ड फुड बैंक नेपालको केन्द्रीय कार्यालयमा रहेको सोरुममा करिब १० केजी नयाँ कपडा र करिब १५ केजी पुन प्रयोग गर्न मिल्ने कपडाहरू हस्तान्तरण गरेको हो। लियो क्लब अफ बुटवल क्षितिजकी अध्यक्ष वर्षा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब बुटवल क्षितिजका संस्थापक अध्यक्ष एवं लायन्स डिस्ट्रिक्ट ३२५ पी जोन १६ का जोन चेयर पर्सन राजिव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लियो क्लब अफ बुटवल क्षितिजले गरेको कार्यप्रति प्रशंसा व्यक्त गर्दै क्लोथ एन्ड फुड बैंक नेपालले अगाडि बढाएको अभियान निकै महत्त्वपूर्ण र प्रशंसनीय रहेको बताउँदै क्लोथ बैंकको सोरुम अवलोकन गर्दा साच्चिकै क्लोथ बैंकले गरेको कार्यप्रति निकै खुसी लागेको बताउनुभयो।कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनाल लियो डिस्ट्रिक्टका हङ्गर रिलिफ चिफ क्षितिज पछाईको आतिथ्यता रहेको थियो । लियो क्लब अफ बुटवल क्षितिजले क्षितिज इन्टरनेसनल कलेज बुटवलमा क्लोथ डोनेसन बक्स राखी सो कलेजका विद्यार्थीहरु बाट पुन प्रयोग गर्न मिल्ने कपडाहरूको सङ्कलन गरेको थियो भने लियो पदाधिकारी र सदस्यहरुले आ आफ्नो तर्फबाट पनि कपडाहरु सङ्कलन गरेका थिए। कार्यक्रममा क्लोथ एन्ड फुड बैंक नेपालको तर्फबाट सुस्मा गौतम , सरु मल्ल र जिया गिरीको उपस्थिति रहेको थियो। क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पृथ्वीराज पाण्डेको स्वागत र सचिव स्वेच्छा ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा लियो क्लब अफ बुटवल क्षितिजका बोर्डका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
लियो क्लब अफ बुटवल क्षितिजद्वारा क्लोथ एण्ड फुड बैंक नेपाललाई कपडा हस्तान्तरण ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
