चितवन ,
रोटरी वर्ष २०२५/२६ का लागि रोटर्याक्ट क्लब अफ भरतपुरको अध्यक्ष पदमा रोटर्याक्टर सुशान्त रेग्मी चयन भएका छन् । डिसेम्बर ७ शनिवारका दिन दियालो फुडल्याण्डमा सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट रेग्मी अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।रुपन्देही जिल्लाको भैरहवाका स्थाई रेग्मी विगत ३ वर्ष देखी आफ्नो आध्यनको शिलशिलामा भरतपुरमा बसोबास गर्दै आइरहेका छन।उनी नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति अन्तर्गत पुरानो मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत छन।मुटु रोगको रोकथाम र उपचारमा विशेष रुचि रख्ने रेग्मी भविष्यमा एक विश्व परिचित कुशल एवमं सक्षम मुटु रोग विषेशज्ञ बन्ने लक्ष्य राख्दछन।उनी नेपाल हेल्थ कोर्प्स, बेटर चितवन लगायत अन्य सामाजिक संस्थाहरुमा समेत आवद्ध छन्।
कार्यक्रममा विभिन्न समितिका प्रमुखहरुले यस रोटरी वर्षमा अहिलेसम्म पूरा भएका कामहरुको प्रतिवेदन पेश गरी अधिवेशनबाट सर्वसम्मत रुपमा पारित गराएका थिए ।कार्यक्रम अध्यक्ष सविन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका पदाधिकारी, रोटर्याक्ट क्लब अफ भरतपुरका पूर्व अध्यक्षहरु लगायन क्लबका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
