बुटवल ,
स्वर्गीय रोट्रयाक्टर सचिन कुमार श्रेष्ठको सम्झनामा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानद्वारा देशैभर एकैसाथ रक्तदान कार्यक्रम सप्पन्न भएको छ । नोभेम्बर ३० र डिसेम्बर ०१ का दिन दुई दिन रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका विभिन्न जोन तथा विभिन्न क्लबहरुको समन्वयमा देशका विभिन्न ४३ स्थानहरुमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी र रक्त संचार सेवा केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । “रक्तदान जिवनदान ” भन्ने नारालाइ आत्मसाथ गर्दै रगत अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने मानवीय सेवालाइ महत्व दिदै रोट्रयाक्ट डिस्ट्रिक्टले स्वर्गीय रोट्रयाक्टर सचिन कुमार श्रेष्ठको सम्झनामा हरेक बर्ष देशब्यापि रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र यो बर्ष पनि उक्त मानविय कार्यलाइ निरन्तरता दिदै ११ औ संस्करणको रक्तदान कार्यक्रम सम्पन्न भएको रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर बिक्रम क्षेत्रिले जानकारी दिए । देशका विभिन्न ४३ स्थानहरुमा सम्पन्न भएको कार्यक्रममा १४४६ युनिट रगत संकलन भएको सचिन मेमोरियल रक्तदान कार्यक्रमका संयोजकद्वय राजिव शर्मा र अर्जुन बहादुर केसिले जानकारी दिएका छ्न ।
