(प्याब्सन) बिनयी त्रिवेणी गाउँपालिका कार्यसमितिको तेस्रो पालिका अधिवेशन – २०८१ एवं साधारण सभा भव्य रूपमा सम्पन्न ।

नवलपरासी ,

नवलपरासी जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बिनयी त्रिवेणी गाउँपालिका कार्यसमितिको तेस्रो पालिका अधिवेशन – २०८१ एवं साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि दिपक कुँवरले अधिवेशन उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालयहरूको विकासमा यस्तो प्रकारको अधिवेशनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। निर्वाचन अधिकृत मोहन थापाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो।

कार्यक्रम रजेन्द्र कुमार गुरुङ को अध्यक्षतामा विशेष अतिथिका रूपमा प्रकाश खनाल, सोमनाथ भटराई, नामदेव अर्याल र नारायण थापाले उपस्थित भएर शुभकामना व्यक्त गर्नुभएको थियो।निर्वाचन प्रक्रिया सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। यसअन्तर्गत अध्यक्षमा सन्तोष रौनियार, सचिवमा आशिष सुवेदी, र कोषाध्यक्षमा रिचार्ड बस्नेत निर्वाचित हुनुभएको छ।प्याब्सन बिनयी त्रिवेणी गाउँपालिकाका नयाँ कार्यसमितिलाई बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै अतिथिहरूले स्थानीय शैक्षिक स्तर उकास्न समितिको भूमिकालाई सराहना गर्नुभएको छ। सफल अधिवेशनको लागि आयोजक समिति, सहभागिता जनाउने सदस्य, अतिथि तथा सबै सरोकारवालाहरु लाई धन्यवाद ज्ञापन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै