इनट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजनामा राष्ट्रिय खेलकुद भेलाको आयोजना हुँदै ।

चितवन,

इनट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजनामा यस वर्ष पनि यहि  कात्तिक २१, २२ र २३ गते नेपालभरिका इनट्रयाक्टहरु बिच फेलोसिप ,  मित्रता  र भाईचारा बढाउने उदेश्यले खेलकुद भेलाको तयारी गरिरहेको छ । यो कार्यक्रम बिगत ५ वर्षदेखि डिस्ट्रिक्ट स्तरमा वार्षिक रूपमा आयोजना गरिएको एक  “लिगेसि इभेन्ट”को रूपमा स्थापित भएको छ।
यहि कात्तिक २१, २२ र २३ हुन लागेको कार्यक्रम चितवनमा हुनेछ, कार्यक्रममा सहभागी हुनेहरुका लागि आवासका ब्यबस्थापन  रत्ननगर होटल स्टार्ट  र खेलका लागि लिटिल फ्लावर स्कूल र क्यासी स्पोर्ट्समा तयारी गरिएको छ । कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ। देशभरका विभिन्न क्षेत्रका इनट्रयाक्टरहरु कात्तिक २१, २२, र २३ मा हुने खेलका लागि तयारीमा छन। यो कार्यक्रम कुनै नौलो कार्यक्रम होइन तर  यसलाई नौलो र फरक तरिकाले अगाडी बढाउन लागेको  इनट्रयाक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टटिभ दिप्सन अधिकारीले बताउदै इनट्रयाक्टरहरुको बिचमा भाईचारा बढाउन र यो उमेरमा खेलकुदको महत्व रहेकोेले पनि  यो कार्यक्रम आयोजना गरिएकोले देशैभरका इनट्रयाक्टरहरुलाइ सहभागीताको लागि अनुरोध समेत गरेका छन ।
कार्यक्रमको तयारी अगाडि बढीरहेको बताउदै कार्यक्रममा  खेलकुद मात्र नभई फेलोशिप र क्लब अध्यक्ष-सचिवको बैठक पनि आयोजना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै