भैरहवा ,
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पी को आयोजनामा यस क्षेत्रमा पहिलो पटक लायन्स फेलोसिप नाइट साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । लायन्सको आफ्नै गुठी नेपाल लायन्स फाउन्डेशन को सहयोगार्थ सम्पन्न कार्यक्रम भैरहवा स्थित पटवा बैन्क्युटमा नेपाली गायन क्षेत्रका प्रतिभाशाली सर्जक अनि गायक राजन राम सिवाकोटी तथा रुपन्देही लाई कर्मक्षेत्र बनाएर आफ्नो साङ्गीतिक जिवनलाई चम्काइरहेका गायक अफ्तर अलीको गायन प्रस्तुति रहेको थियो भने नित्यम डान्स एकेडेमी बुटवलका कलाकारहरूको नित्य प्रस्तुति रहेको थियो। रुपन्देहि जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा लायन्स अभियन्ता तथा एल सी आई एफ एरिया लिडर लायन राजन लम्सालको बिशिस्ट आतिथ्यता रहेको थियो ।
लायन्स डिस्ट्रीकका अभिभावक तथा पुर्ब गभर्नर अरुण प्रताप राणाको बिशेष अभिभावकत्व रहेको कार्यक्रममा पुर्ब गभर्नर सुनिल ओझा, नबराज न्यौपाने, महेन्द्र नारायण श्रेष्ठ तथा सिनियर लायन्स लिडर हरुको महत्वपुर्ण उपस्थिती रहेको थियो । झण्डै ७०० बढी लायन्स तथा नन लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले समाजमा लायन्स हरुले खेलेको सकारात्मक भुमिका र लायन्सको माध्यमबाट समाजमा गरेको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो । लायन्स जत्तिकै अनुशासित र जिम्मेवार समाजका हरेक ब्यक्तिले सोच राखे परिवर्तनका लागि लामो समय कुर्न नपर्ने स्थिती आउने बताउदै यो कार्यक्रम मार्फत लायन्स को नया सोच अगाडि बढेको बताउनु भयो ।
बिशिस्ट अतिथी राजन लम्सालले नेपालमा लायन्स अन्तरास्ट्रीय मार्फत करोडौँ रकमको कार्यक्रम भैसकेको र अन्य धेरै कामहरु सम्पन्न हुन लागेको बताउनु भयो । लायन्स अन्तर्राष्ट्रिय बाट प्राप्त सहयोग मार्फत रक्तसन्चार गृह, विद्यालय निर्माण तथा कर्णालीमा हाल पाच लाख डलर डब्लुएचओ सङ मिलेर विद्यार्थीलाई दिवाभोज परियोजना चलिरहेको बताउनु भयो । अहिले नेपालका केहि स्थानहरुमा भएको प्राकृतिक बिपत्तीमा झन्डै १ लाख डलर एकै दिनमा प्राप्त गरी घरबारबिहिन बनेको परिवारलाई लायन्स अभियन्ता मार्फत सहयोग कार्य चलिरहेको बताउदै नेपाली लायन्स विश्वमै उत्कृष्ट रहेको बताउनु भयो । डिस्ट्रीक गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको अध्यक्षता र कार्यक्रम संयोजक संगम न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको सन्चालन डिस्ट्रीक क्याबिनेट सचिव माधब खनालले गर्नुभएको थियो भने साङ्गीतिक कार्यक्रमको सन्चालन लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष एवं चर्चित उद्घोषक आबिष्कार खनालले गर्नुभएको थियो । कार्यक्रमको सह संयोजक लायन एकादेव बस्याल र एल सी आइ एफ संयोजक अर्चित श्रेष्ठको कुशल ब्यबस्थापन रहेको कार्यक्रमकरिब ४ घन्टा चलेको र उक्त कार्यक्रम ऐतीहासिक भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । कार्यक्रममा कपिलवस्तु , नवलपरासी , पाल्पा लगायतका जिल्लाहरुबाट समेत सहभागिता रहेको थियो ।
