बुटवल ,
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, नियमित रक्तदाता सङ्घ र हिमानी ट्रस्टको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्का, रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष, जीवनप्रसाद अधिकारी र रामप्रसाद बेल्वासेको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीआरआर क्षेत्रीले रक्तदान जीवनदान जस्तो महत्वपूर्ण कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले अन्य संघ संस्थाहरूसगको सहकार्यमा गरेको भन्दै यस्तो मानवीय कार्यहरुलाइ निरन्तरता दिन आग्रह गर्नुभयो। नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष असेस सिलवाल को अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष डिलीराज ढकालको स्वागत, हिमानी ट्रस्टका अध्यक्ष प्रजूना श्रेष्ठ सिलवालको धन्यवाद र रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका सचिव मन्जु गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा ३५ यूनिट रगत संकलन गरी रक्त सञ्चार केन्द्र लाइ हस्तान्तरण गरिएको छ ।
