बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्लब अफ बुटवल क्षितिजको संयुक्त आयोजनमा बुटवल १३ प्रगतिनगर स्थित नेपाल अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । आश्रममा आश्रित करिब ४० जनालाइ लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्षितिजका पदाधिकारीहरु आफैले खाना तयार गरि खुवाएका हुन भने त्यहा रहेका ०५ जना बिद्यार्थीहरुलाइ स्टेसनरिका सामाग्रीहरु पनि प्रदान गरिएको हो । लायन्स अन्तर्राष्ट्रिय “ग्लोबल कज हङ्गर रिलिफ” अन्तर्गत रहेर सगै नजिकिदै गरेको बिजया दशमीको उपलक्ष्यमा त्यहा रहेका आश्रितहरुलाइ खाना खुवाउने कार्यक्रम गरिएको लायन्स क्षितिजका अध्यक्ष आबिष्कार खनालले बताए ।
लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आबिष्कार खनाल र लियो अध्यक्ष बर्षा काफ्लेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता , लियो डिष्ट्रक ३२५ पि का डिष्ट्रक प्रेसिडेन्ट श्रद्वा कुँवरको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि जिएटि संयोजक (जिएसटि) एमजेफ लायन आशिष कृष्ण श्रेष्ठ, लायन्स क्षितिजका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ ,डिष्ट्रक डेपुटी चिफ एवं लायन्स क्षितिजका पुर्ब अध्यक्षद्वय नारायण थापा , शंकर पाण्डे , एरिया ०३ का एरिया चिफ एमजेफ लायन शान्ति पाठक पाण्डे , रिजन चियर पर्सन बैकुण्ठ श्रेष्ठ ,लायन्स क्षितिजका निवर्तमान अध्यक्ष धुब्र कुमार शर्मा , लियो डिष्ट्रक ट्रेजर प्रबिन गौडेल , एरिया चिफ सुनिल कुँवर, रिजन चियर शशांक श्रेष्ठ लगायत लायन्स , लियो डिष्ट्रकका पदाधिकारीहरु , लायन्स लियो क्षितिजका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ बुटवल क्षितिजले बिगत देखि नै समाजको आवश्यकताको आधारमा समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउदै यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा लियो लियो डिष्ट्रक ३२५ पि का डिष्ट्रक प्रेसिडेन्ट श्रद्वा कुँवर , एमजेफ लायन आशिष कृष्ण श्रेष्ठ शंकर पाण्डे आश्रमका संचालक डाेल बहादुर रामदाम लगायतले भनाइ राख्नु भएको थियो । लायन्स क्लब अफ बुटवल क्षितिजका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक गुप्त पुनको स्वागत , लियो अध्यक्ष बर्षा काफ्लेको धन्यवाद र लायन्स क्षितिजका सचीव प्रदिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
