लायन्स क्लब अफ बुटवल क्षितिजको तेस्रो बोर्ड तथा जनरल बैठक सम्पन्न ।

बुटवल ,
लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष २०२४-२५ को तेस्रो बोर्ड तथा जनरल बैठक  बिहीवार  बुटवल सुख्खानगर स्थित होटेल स्पानमा सम्पन्न भएको हो। क्लबका अध्यक्ष आबिष्कार खनालको अध्यक्षतामा सम्पन्न  बैठकको सञ्चालन सचिव प्रदिप गुप्ताले गरेका थिए। क्लबका  प्रथम उपाध्यक्ष लायन डाक्टर श्री खरेलको स्वागत मन्तव्यमा सुरुवात भएको बैठकमा क्लबका सहसचिव पवन बस्यालले राष्ट्रिय झण्डाको अभिवादन गर्नुभएको थियो।  बैठकमा प्रस्तावित विभिन्न एजेन्डाहरूमा  गहन छलफल गरी सम्पूर्ण एजेण्डाहरू सर्वसम्मत रुपले पारित भएका थिए।

बैठकमा क्लबका संस्थापक अध्यक्ष एवं जोन १६ का जोन चेयर पर्सन राजिव श्रेष्ठ क्लबका पूर्व अध्यक्ष एवं  डिस्ट्रिक्ट डेपुटी चिफ नारायण थापा, पूर्व अध्यक्ष एवं  डिस्ट्रिक्ट डेपुटी चिफ  शंकर पाण्डे , पूर्व अध्यक्ष एवं  डिस्ट्रिक्ट डेपुटी चिफ  लोकेन्द्र लिम्बु , निबर्तमान अध्यक्ष  एवं डिस्ट्रिक्ट  प्रोग्राम मेम्बर( डायबिटिज) ध्रुवकुमार शर्मा लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो । उक्त बोर्ड तथा जनरल बैठकमा  बोर्डका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो। क्लबका तृतीय उपाध्यक्ष गुप्त पुनको धन्यवाद मन्तव्य सँगै अध्यक्ष खनालले बैठकको औपचारिक रुपमा समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै