बुटवल ,
बुटवलको मिलनचोकमा रहेको इ प्लानेटले आफ्नो २० औँ वार्षिकोत्सव विभिन्न सामाजिक कार्य गरि मनाएको छ । इ प्लानेट बुटवलले आज २० औ वार्षिकोत्सवको अवसरमा बुटवल देवीनगर स्थित नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयमा अध्ययनरत जेहनदार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको छ।
उक्त विद्यालयमा कक्षा ५, ७ , ९ र १० मा अध्ययनरत सातजना विद्यार्थीहरुलाई चालु शैक्षिक सत्रको लागि आवश्यक पर्ने सम्पूर्ण शुल्क र स्टेसनरीका सामग्री प्रदान गरेको हो। छात्रवृद्धि प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीहरूका लागि प्रदान गरिएको छात्रवृद्धि ग्रहण गर्दै शैक्षिक क्षेत्रमा काम गर्दै आएको इ प्लानेटले आफ्नो विद्यालयका विद्यार्थीहरूलाई छात्रवृद्धि प्रदान गरेकोमा इ प्लानेट बुटवललाई धन्यवाद ज्ञापन गर्दै यस्तो सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो। । इ प्लानेट बुटवलका प्रबन्ध निर्देशक विशालराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका डिआरआर विक्रम क्षेत्रीको आतिथ्यता रहेको थियो भने इ प्लानेट बुटवलको तर्फबाट बिमला ज्ञवालि , लोकबहादुर क्षेत्री, रेनु घर्ती , सिर्जना बुढाथोकी र अनमोल उम्रा मगरको उपस्थिति रहेको थियो। त्यसैगरी इ प्लानेटले आज नै अर्को सामाजिक कार्यको रुपमा बुटवल दीपनगर स्थित नीलकण्ठ बाबाधाममा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ। वृक्षारोपण कार्यक्रममा २० औँ वार्षिक उत्सवलाई मध्यनजर गर्दै विभिन्न प्रजातिका फलफुल र रुद्राक्षको गरी २० वटा बिरुवा रोपेर वृक्षारोपण गरिएको हो ।

इ प्लानेट बुटवलले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आज आफ्नो संस्थाको २० औँ वार्षिकोत्सवको अबसरमा सामाजिक कार्य गरि मनाएको इ प्लानेट बुटवलका प्रबन्ध निर्देशक विशालराज शाक्यले बताउनुभयो ।बुटवल ०८ मिलनचोकमा कार्यालय रहेको इ प्लानेटले विद्यार्थीहरूलाई अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा र युके पठाउने कार्य गर्दै आएको छ।
