कमला खनाल
रुपन्देही
समयानुकूल सामाजिक सेवामा आफ्नो उपस्थिति सक्रिय बनाइरहेको ‘अर्घाखाँची सेवा समाज सैनामैना’ले रूपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा दर्शनार्थीहरूलाई निःशुल्क पानी प्रसाद बितरण गरेको छ ।
उक्त कार्यक्रम बिहान ६ बजे रानीकुवाबाट जल लिई मन्दिरमा जलार्पण गर्दै सुरु भएको कार्यक्रम दिनभर भक्तजनलाई उत्ताउलो गर्मीमा चिसो पानी र भोकै मन्दिर दर्शन गर्न आएका एवमं भोकाएका सबै भक्तजनहरुलाई पर्याप्त प्रसाद बितरण गरेको थियो!
दिनभर भक्तजनहरु बाट भएको फोहोर मैला को सरसफाई र भक्तजनको भीडभाड लाई ब्यबस्थापन गर्न स्वयंसेवक समेत खटाई मन्दिर दर्शन गर्ने भक्तजनहरुलाई सहजीकरण समेत गरेको थियो ।
उक्त कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु संस्थाका सल्लाहकार लेखा समिति लगायत अर्घाखाँची बाट रुपन्देही सैनामैना मा बस्ने करिब ३०० घर धुरीको प्रतिनिधित्व भएको थियो ।
‘अर्घाखाँची सेवा समाज’
नाम अनुसारको काम गर्न पाउँदा र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष गोपाल प्रसाद खनालले मन्दिरको थप प्रचार र संरक्षणको लागी हामी सबै लाग्नु पर्ने बताउनुभयो । ‘सेवा नै धर्म हो’ हामीले नगरे कस्ले गर्ने हाम्रो धार्मिक सम्पदा जोगाउन सदा सेवा समाज एक भएर समाजसेवामा लाग्नुपर्छ भन्ने धारणा उक्त कार्यक्रमका संयोजक नारयण पाण्डेयको रहेको थियो ।
उक्त संस्थाले बिहानै देखि दिनभर बोलबम मन्दिरमा सेवा र सहजीकरण पश्चात बेलुका महा आरती र भजन कृतन कार्यक्रम पछि मात्र कार्यक्रम समापन भएको सचिवालय श्रोतले बताउनु भएको छ ।
अर्घाखाँची सेवा समाजले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, पूर्वाधार निर्माण तथा गरिब निमुखा वर्गको जीवन उत्थान गर्ने र साँस्कृतिक सम्पदा हरुको पर्यटन प्रवर्धन गर्ने धार्मिक सम्पदाको संरक्षण र सरसफाई गर्ने लगायत जनस्तरको सामाजिक सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने पश्चिम नेपालकै पशुपतिनाथ भनेर चिनिने यो धाम बोलबम धामको रूपमा नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छ।
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरी सोमबारका दिन पहेंलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ।
अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै साउन महिनाका सोमबार शिव मन्दिरहरूमा पूजा गर्दै शुद्ध जल र दूध चढाउने तथा दान गर्ने परम्परा पनि छ। यहाँ रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ। शिव ज्योतिर्लिङ्गमा जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।
यही विश्वासका साथ हरेक वर्ष रुपन्देहीको कालीदह रानीकुवा,कपिलवस्तुको रामघाट, लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायत भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्लासहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरू जलार्पणका लागि यहाँ आउने गर्दछन
