क्लोथ एन्ड  फुड बैंक नेपालको कलेज क्याम्पेन कार्यक्रम सम्पन्न । 

बुटवल ,
क्लोथ एन्ड  फुड बैंक नेपालको आयोजना र  बुटवल रामनगर स्थित कालिका क्याम्पसको सहकार्यमा कलेज क्याम्पेन कार्यक्रम सम्पन्न भएको छ। क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार एवं टुना टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत राजीव गौतमको अध्यक्षता कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख एवं प्रमुख अतिथि घनश्याम पाठकले  क्लोथ एन्ड  फुड बैंक  नेपालको यो अभियान निकै प्रशंसनीय रहेको बताए। कार्यक्रममा बोल्दै  वैज्ञानिक महावीर पुनले अमेरिकामा छ्दा  यस्तै कपडा बैंकमा संकलित कपडाहरूको प्रयोग गरेको उदाहरण दिँदै नेपालमा पनि यस्तो अभियानको सुरुवात गरिनु निकै फरक अनि महत्त्वको विषय भएको र मानवीय सेवासँग जोडिएको निकै पुण्य  अभियानको  कार्यक्रम कलेज क्याम्पेनको रूपमा कालिका क्याम्पसमा गर्न पाउँदा निकै खुसी लागेको बताए।

क्लोथ एन्ड फुड बैंक नेपालका अभियन्ता अर्जुन खरेलले कलेज क्याम्पेन कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए। क्लोथ एन्ड फुड बैंक  नेपालका सल्लाहकार एवं कार्यक्रमका अध्यक्ष  राजिव गौतमले  क्लोथ एन्ड फुड बैंक नेपालको  समग्र अवधारणा यसको महत्त्व र र स्थापनाकालदेखि हालसम्म क्लोथ ह्यान्ड फुड बैंक नेपालले हालसम्म  अघि बढाएका कार्यहरूको विषयमा प्रस्तुतिकरण दिँदै कार्यक्रममा उपस्थित करिब ३०० विद्यार्थीहरूलाई सामाजिक सेवा र मानवीयत सेवाको महत्त्वपूर्ण अभियानमा आआफ्नो क्षेत्रबाट जोडिन र सरिक हुन आग्रह गरे  साथै उनले संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले ढुक्क भएर प्रयोग गर्न अनुरोध गरे । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न भने देशका थुप्रै स्थानहरुमा क्लोथ ड्रप बक्सहरू पनि सुभारम्भ भइसकेका छन्। । कार्यक्रम क्लोथ एन्ड फुड बैंक नेपालका सदस्य विपिन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो। क्लोथ एन्ड फुड बैंक नेपालले “प्रयोगमा नआएका लत्ता कपडा पुन :प्रयोग आवश्यक पर्ने सबैका लागि “भन्ने नाराका साथ आफ्नो अभियानलाई अगाडि बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै