लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह एवं अवार्ड सेरोमनी सम्पन्न ।

बुटवल ,

लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह एवं अवार्ड सेरोमनी सम्पन्न भएको छ। पहिलो सत्रको कार्यक्रम लियो वर्ष २०२३-२४ का अध्यक्ष क्षितिज पछाइको अध्यक्षता  साथै दोश्रो सत्रको अध्यक्षता लियो वर्ष २०२४-२५ कि अध्यक्ष बर्षा काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रम लियो डिस्ट्रिक्ट ३२५ पि का  डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो श्रद्धा कुँवरको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनालको बिशिस्ट आतिथ्यता , लियो डिस्ट्रिक्ट ३२५ पि का सचीव सुमन पौडेल डिस्ट्रिक्ट कोषाध्यक्ष प्रवीन गौडेल  एरिया चिफ सुनिल कुँवर लायन्स क्लब अफ बुटवल क्षितिजका सचीव एवं लियो संयोजक प्रदिप गुप्ता , लायन्स क्लब अफ बुटवलका बुटवल अध्यक्ष एव लायन्स डिस्ट्रिक्ट ३२५ पि डेपुटी चिफ लोकेन्द्र लिम्बु , लायन्स क्लब अफ बुटवल क्षितिजका निवर्तमान अध्यक्ष ध्रुवकुमार शर्मा तृतीय उपाध्यक्ष गुप्त पुन, टेल टुविस्टर सागर पाडे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लियो वर्ष २०२३ २४ का अध्यक्ष क्षितिज पछाइले आफ्नो कार्यकाल लाई सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णलाई  सम्मानपत्र द्वारा सम्मान गरेका थिए भने डिस्ट्रिक्टका पदाधिकारी एवं लायन पदाधिकारीहरुलाइ मायाको चिनो प्रदान गरेका थिए भने सोही समारोहमा वर्ष २०२३ -२४ आफ्नो अध्यक्षको पद २०२४-२५ का अध्यक्ष  वर्षा काफ्लेलाई हस्तान्तरण गरेका थिए सँगै २३-२४ का  सचिव बम बहादुर  बिके ले २४-२५ का सचिव स्वेच्छा  ज्ञवाली २३ -२४ का कोषाध्यक्ष बिपना लक्ष्मी खनालले २४-२५ का कोषाध्यक्ष स्वयं काजी श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए त्यसैगरी क्लबको प्रथम उपाध्यक्षमा उषा खत्री  रहेकि छिन । कार्यक्रममा लियो डिस्ट्रिक्ट ३२५ पि का सेक्रेटरी सुमन पौडेल , लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनाल ले शुभकामना मन्तव्य राख्दै क्षितिज पछाडिको टिमलाईको  सफल कार्यकालको बधाई र वर्षा काफ्लेको टिमलाई कार्यकाल सफलताको शुभकामना प्रदान गरेका थिए भने लियो गतिविधिहरूमा आफ्नो तर्फबाट जस्तोसुकै साथ दिन पनि तयार रहेको प्रतिबद्धता जनाएका थिए। कार्यक्रमका प्रमुख अतिथि लियो डिस्ट्रिक्ट ३२५ पी का डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो श्रद्धा कुँवरले लियो क्लब अफ बुटवल क्षितिजले विगतदेखि नै आफ्नो फरक पहिचान बनाउन सफल भएको बताउँदै त्यो पहिचानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो भने क्षितिज पछाइ उहाँ नेतृत्वको टिमलाई सफल कार्यकाल सम्पन्न गर्न सफल भएकोमा लागि बधाई ज्ञापन गर्दै बर्ष २४ २५ का अध्यक्ष वर्षा काफ्ले उहाँको टिमलाई यो वर्ष अझ उत्कृष्ट गतिविधिहरू सञ्चालन गर्न आग्रह गर्दै आफ्नो मातृ क्लब लायन्स क्लब अब बुटवल क्षितिजसँग सहकार्य गर्दै गर्दै अगाडि बढ्नका लागि सुझाव दिनुभयो भने डिस्ट्रिक्टको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि प्रतिबद्ध रहेको जनाउनुभयो।

लियो क्लब अफ बुटवल क्षितिजका पूर्व अध्यक्ष एवं लियो डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ अफिसर क्रिस श्रेष्ठको स्वागत ,वर्ष २०२३ २४ का सचिव बम बहादुर  बिके र २४-२५ का सचिव स्वेच्छा  ज्ञवालीको संयुक्त संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै