किनकि कतिपय यस्ता मासुको डल्ला धनको पोको वा सामान्य नभई सार्कोमा जस्ता क्यान्सर पनि हुनसक्छ ।
सार्कोमा क्यान्सर के हो ?
सार्कोमा एक प्रकारको क्यान्सर हो, जुन हड्डी, जोर्नी, मांसपेशी हुनसक्छ । हड्डीमा हुने नरम कोषिकामा यो क्यान्सरको कोष तीव्र रुपमा विकास हुन्छ । सुरुमा यो क्यान्सर ‘कनेक्टिभ टिस्यु’ (दुई अंग जोड्ने तन्तु)मा विकसित हुन्छ । त्यसपछि बिस्तारै बिस्तारै अन्य क्षेत्र फैलिन थाल्छ । यो क्यान्सरपछि गएर फोक्सोमा फैलिन्छ ।यो क्यान्सर दुर्लभ तर निकै घातक मानिन्छ । किनकि यो क्यान्सरको ७० भन्दा बढी प्रकार छ । जसमध्ये नरम तन्तु ‘सफ्ट टिस्यु सार्कोमा’ र हड्डीमा हुने गर्छ।
शरीरको कुन भागमा सार्कोमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ?
यो क्यान्सर टाउकोदेखि खुट्टासम्म जुनसुकै भागमा हुनसक्छ
– खुट्टा, कुर्कुच्चा र खुट्टामा हुने सम्भावना ४० प्रतिशत रहन्छ
– छातीको भित्ता, पेटमा हुने सम्भावना ३० प्रतिशत रहन्छ ।
– पाखुरा, नाडी, हात र कुममा १५ प्रतिशत हुने सम्भावना रहन्छ ।
– टाउको र घाँटीमा १५ प्रतिशत सार्कोमा हुने सम्भावना रहन्छ ।
कारण
सार्कोमाको ठोस कारण कुनै पनि अध्ययन तथा अनुसन्धानले पत्ता लगाइसकेको छैन । तर यसको विकास गराउन सक्ने केही कारक छन् ।
न्युरोफिब्रोमाटोसिस, गार्डनर सिन्ड्रोम र ली–फ्राउमेनी सिन्ड्रोम जस्ता वंशाणुगत रोग, विगतमा विकिरण चिकित्साबाट उपचार भएमा, धुवाँधुलोमा काम गर्ने, धुम्रपान गर्नेहरूमा सो क्यान्सरको जोखिम रहन सक्छ ।
सुरुवातमा यसलाई सामान्य सोचेर वेवास्ता गर्दा पछि गम्भीर हुनसक्छ ।
अन्य लक्षण
नरम तन्तुमा गाँठो देखिनु, हात र खुट्टाको औंलामा दुखाइ, राता घाउ तथा खटिरा देखिनु, तौल कम हुँदै जानु, कम्मरमा दुखाइ, पेटमा अत्यधिक दुखाइ, सामान्य चोट लाग्दा पनि हड्डी भाँचिनु, ज्वरो आउनु, हात र खुट्टा चलाउनमा समस्या हुने जस्ता लक्षण देखिन्छन् ।
परीक्षण
पहिला गिर्खाको आकार, प्रकृति, पलाएको भाग विस्तृतमा परीक्षण गरिन्छ । त्यसका लागि एक्स-रे, भिडियो एक्स-रे, सिटिस्क्यान र एमआरआई गरिन्छ ।
शंकास्पद देखिए मासुको जाँच गर्न बायोप्सी गर्नुपर्ने हुन्छ ।
सार्कोमा पुष्टि भए के गर्न सकिन्छ ?
परीक्षणको दौरान सार्कोमा भएको पुष्टि भएपछि अन्य भागमा फैलिए छ कि छैन भनेर अवलोकन गरिन्छ । यदि क्यान्सर सुरुकै अवस्थामा छ भने क्यान्सर भएको भागको शल्यक्रिया गरिन्छ । त्यसपछि रेडियो थेरापी, किमोथेरापी आवश्यकताअनुसार गरिन्छ ।
तर क्यान्सर अन्य अंगमा समेत फैलिएको अवस्थामा पहिला किमोथेरापी गरेर रोग घटेपछि बल्ल शल्यक्रिया गर्ने कि नगर्ने भनेर निचोड निकालिन्छ । कहिलेकाहीं दुखाइ एकदम हुन्छ । त्यस्तो अवस्थामा डायलेटिक रेडियो थेरापी आवश्यक हुन्छ ।
फोक्सो, हड्डी र कलेजोतर्फ फैलिएको छ भने रोकथाम गरेर मात्र राख्नु बाहेक कुनै विकल्प हुँदैन l
जटिलता
यदि यो क्यान्सरको बेलैमा उपचार नभए शरीरको अन्य भागमा फैलिने डर हुन्छ । अन्य भागमा फैलिएपछि उपचार गराउने अवस्था हुँदैन । त्यसैले यस्तो शंकास्पद छाला वा हड्डीमा मासुको डल्ला देखिए तुरुन्त परीक्षण गराइहाल्नुपर्छ ।



