इन्ट्रयाक्ट क्लब अफ बुटवल चौतारीको अध्यक्षमा राहुल ।

बुटवल ,

इन्ट्रयाक्ट क्लब अफ बुटवल चौतारीको दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ। बुटवल गोलपार्क स्थित होटल एभिन्युमा सम्पन्न कार्यक्रममा  इन्ट्रयाक क्लब अफ बुटवल चौतारीका अध्यक्ष र राहुल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा आइडिआर दिप्सन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथीको रुपमा रोटरि डिस्ट्रिक्ट ३२९२ का  पूर्व गभर्नर  राजिव पोख्रेल, रोटरी क्लब अफ बुटवल चौतारिका अध्यक्ष नुमलाल पौडेल रहुनुभएको थियो भने कार्यक्रमम रोटरियन पुजन पोख्रेल, रोटरी क्लब अफ बुटवल चौतारीका संस्थापक  अध्यक्ष रोटरियन विष्णु घिमिरे, रोटरी क्लब बुटवल चौतारीका सचिव खगेन्द्र बेल्बासे लगायतको उपस्तिथि थियो,  इन्ट्रयाक्ट डिस्ट्रिक्ट प्रबिधि प्रमुख सिद्धान्त, डिस्ट्रिक्ट कोषाध्यक्ष प्रज्वल पन्थ एवं  संचालक महिमा खनालको संयुक्त संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि दिप्सन अधिकारीले  इन्ट्रयाक्ट क्लबहरुको स्थापना हुनुले  युवाहरुमा सामाजिक सेवाको  भावना बिकास हुने साथै आफ्नो ब्यक्तित्वको पनि बिकास हुने बताउनु भयो भने रोटरी पूर्व गभर्नर राजिव पोख्रेलले कार्यक्रमको भब्य सफलताको शुभकामना दिदै रोटरी र  इन्ट्रयाक्ट क्लबको बारे जानकारी दिनुभएको थियो  । क्लबका अध्यक्ष राहुल पाण्डेले आफ्नो भुमिका प्रष्ट पारी आफुले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता सगै  अबका भावी योजना प्रस्तुत गरेका थिए भने उपस्थित सम्पुर्ण अतिथिहरूले सफलताको शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै