लीलामणि पोखरेल
दाङ -गठबन्धन फेरबदल भैरहदा केन्द्रमा मात्रै हैन प्रदेश हरुमा पनि सरकार परिवर्तन भैरहने क्रम जारि छ ।
यस दौरान लुम्बिनी प्रदेशमा पनि नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा यसअघि मुख्यमन्त्री रहेता पनि उन्ले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए।
नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन भएसंगै तदानुरुप अब लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसले लीला गिरीको नेतृत्वमा सरकार गठन गर्ने भन्दै तयारी गरिरहेका थिए -तर एक्कासि पासा कसरी पल्टियो भनेर सुनौलो न्यूज प्रालिका प्रबन्ध निर्देशक लीलामणि पोखरेलले निवर्तमान अर्थमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका चेतनारायण आचार्य ज्यु संगको फोन सम्बादमा दिएको जानकारी अनुसार दावीपेस हुँदैछ लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल संग महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको बताए।
वास्तमै आचार्य लुम्बिनी प्रदेशका चर्चित एवम् लोकप्रिय विकास प्रेमि नेताको चित-परिचित छ्न उनि अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचिन लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता समेत हुन ।
आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका थिए।
‘ कडेलले भन्छ्न- पार्टी सिस्टममा चेनअफ कमान्ड र निर्देशनको गर्नुपर्ने हुन्छ त्यसैले महासचिवले फोन गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउनुस् भन्नु भयो हामीले महासचिवको निर्देशन मान्नुपर्ने जरुरी थियो । यो कुनै पासा पल्टिएको वा अचम्मित हुनुपर्ने विषय हैन यसलाई अतिरन्जित नबनाउन समेत आग्रह गरे
