राष्ट्रिय स्वतन्त्र पार्टीको संसदिय दलको बैठक आज बस्दै

लीलामणि पोखरेल

काठमाडौ -आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे छलफल हुनेछ।

यद्यपि शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

त्यस्तै आजको बैठकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ

नेपाली कांग्रेस, नेकपा (एमाले) का अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले प्रधानमन्त्रीलाई विश्वासका मत दिँदैछन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा,  राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विपक्षमा मतदान गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै