परियार मित्रता समाज कतारले ५ औं अधिबेशन गर्ने

अनिल परियार

दोहा,कतार

परियार मित्रता समाज कतारले आफ्नो ५औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

“हात मा हात काँधमा काँध मिलाई अघि बढौ र बढाऔं “भन्ने मुल नाराका साथ सन् २०१३ मा स्थापित परियार मित्रता समाज कतारको ५औं अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउन लागिरहेको समाजका कार्यवाहक अध्यक्ष उषा परियार ले जानकारी गराउनु भयो ।

कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, सामाजिक अभियन्ता ज्युहरू, पत्रकार, कलाकार ज्युहरु एवं सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा आउँदो ९ अगस्ट २०२४ शुक्रबार बिहान ११:०० बजे बाट सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा सम्पुर्णको गरिमामय उपस्थितिको लागि पत्र जारी गरिएको र यदि पत्र प्राप्त नभएको खण्डमा यहि सूचना मार्फत उपस्थितिको लागि विनम्र अनुरोध गर्नु भएको छ ।

वैदेशिक रोजगारिको सिलसिलामा प्रवासी भुमि कतार लाई कर्मथलो बनाएका समस्त परियार दाजुभाइ तथा दिदिबहिनीहरु लाई एकजुट बनाई अफ्नो समुदायको नयाँ नेतृत्वको आगमन संगै समाज लाई विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा  सक्रियताका अगाडि बढाउने जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै