बुटवल ,
प्रसिम के भिजुवल आर्टले आफ्नो १० औ वार्षिकउत्सवको अबसरमा भिजुवल आर्ट मास्टर क्लास सम्पन्न गरेको छ ।प्रसिम के भिजुवल आर्टका संचालक प्रसिम खनालले आफ्नो फोटोग्राफि यात्राको १० बर्ष पुगेको अबसरमा बुटवलको तिनकुने स्थित फ्लयर कोड क्याफेमा उक्त क्लासको आयोजना गरेका हुन । आज भन्दा १० बर्ष अगाडि बाट आफ्नो फोटोग्राफि यात्रा सुरु गरेका उनले एक दशकको अबधिमा सुरुवात देखि विभिन्न आरोह अवरोहहरु र थुप्रै चुनौतीहरु भोग्नुपरेको बताएका छ्न ।
फरक कोडबाट फोटो खिच्न र फरक शैलीको फोटो आफ्नो क्यारेमा कैद गर्न माहिर उनले यो अबधिमा नेपालका थुप्रै चर्तित कलाकारहरुको फोटोग्राफि गरेका छन भने उनले नेपालमा मात्र नभएर फोटोग्राफिकै माध्यमबाट थाइल्यान्ड , दुबै जस्ता अन्तर्राष्ट्रिय देशहरूमा पनि आफ्नो क्षमता प्रदर्सन गरिसकेका छन । हाल खनालले आफ्नो फोटोग्राफिलाइ स्वदेशमै व्यावसायिक रुपले अगाडि बढाउन सफल भएका छ्न कार्यक्रममा बोल्दै उनले बास्तमा कुनै पनि बस्तु वा ब्यक्तिको फोटो भाव व्यक्त गर्ने सक्ने खालको हुनुपर्ने बताउदै फोटोग्राफि एक प्रकारको उत्कृष्ट कला नै भएको बताए । हाल देश छोडेर रोजगारीको नाममा दैनिक हजारौं युवाहरू देश छोडेर बिदेशीएको अबस्थामा स्बदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उत्प्रेरणा प्रदान गर्न र आफुले १० बर्षको अबधिमा सिकेको सिप र अनुभव अरुलाइ पनि बाढ्ने उदेश्यले भिजुवल आर्ट मास्टर क्लासको आयोजना गरेको उनले बताए उक्त क्लासमा २५ जना प्रशिक्षार्थिको सहभागीता रहेको थियो । 
प्रसिम के भिजुवल आर्टको आयोजना र लायन्स क्लब अफ बुटवल क्षितिजको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा सैनामैना नगरपालिकाका पुर्ब मेयर चित्र बहादुर के .सि को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आवास ग्रुपका सस्थापक यज्ञश्वर थैव प्रबन्धक निर्देशक महेश थैव ब्ल्याक फरेस्टका संचालक प्रमेस सिंह क्षेत्रि, लाइफ कोच ऋषि न्यौपाने , ग्लोबल मिडिया ग्रुपका प्रबन्धक निर्देशक गौतम भुसाल , शैक्षिक ब्यक्तीत्व कुल प्रसाद खनाल , खनालका पिता माधव प्रसाद खनाल , लक्ष्मि खनाल, गाउको घर इको फार्मका संचालक समुन्द्र घिमिरे क्षेत्रि, बुलबुल फार्मका संचालक प्रकाश पाण्डे मेक्सिकोकि सर्कस कलाकार सबृना ग्लारडाे ,लायन्स क्लब अफ बुटवल क्षितिजका पुर्ब अध्यक्ष एवं लायन्स डिष्ट्रिक डेपुटी चिफ लोकेन्द्र लिम्बु , क्लबका सचीव प्रदिप गुप्ता , मोडेल रितिका श्रेष्ठ , इन्भेन्ट ब्यबस्थापक बिशाल गौतम , प्राविधिक ब्यबस्थापक रमेश पन्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रसिम के भिजुवल आर्टका संचालक प्रसिम खनालको अध्यक्षता , लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनालको स्वागत र सुदिप ढकालको संचालनमा सम्पन्न भएको थियो ।
